अस्ट्रेलियासँगको टेस्टमा वेस्ट इन्डिज २७ रनमा समेटियो « Khabarhub

अस्ट्रेलियासँगको टेस्टमा वेस्ट इन्डिज २७ रनमा समेटियो


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको तेस्रो टेस्टमा शानदार जित हात पारेको छ। वेस्ट इन्डिज २७ रनमा रोकिएपछि अस्ट्रेलियाले १७६ रनको जित हात पारेको हो।

अस्ट्रेलियाले पहिलो पारीमा २२५ रन जोडेको थियो। वेस्ट इन्डिजले पहिलो पारीमा १४३ रनको योगफल खडा गरेको हो। अस्ट्रेलिया पनि दोस्रो पारीमा १२१ रनमा सीमित भएको थियो।

सो खेलमा १०० औँ टेस्ट खेली रहेका मिचेल स्टार्क छाए। उनले सबिना पार्कमा तेस्रो दिन पहिलो ओभरमा नै तीन विकेट लिए। उनले ४०० टेस्ट विकेट पुरा गरे भने सबै भन्दा छिटो ५ विकेटको सफलताको कीर्तिमान पुरा गरे। ७.३ ओभरमा ९ रन खर्चेर उनले ६ विकेट लिए। स्कट बोल्यान्डले ह्याट्रिक गरे।

वेस्ट इन्डिजका जस्टिन ग्रेभ्सले सर्वाधिक ११ रन जाडे। अन्यले दोहोरो अङ्क छुन सकेनन्। वेस्ट इन्डिजको यो स्कोर टेस्ट इतिहासमै दोस्रो सानो स्कोर हो।यसअघि सन् १९५५ मा इङ्गल्यान्डले न्युजिल्यान्डलाई २६ रनमा सीमित गरेको थियो।

स्टार्कको घातक स्पेल भन्दा अघि अस्ट्रेलियाको पारीमा वेस्ट इन्डिजका बलर अलमारी जोसेफ छाएका थिए। उनले २७ रन खर्चेर ५ विकेट लिएका थिए। जोसेफ र समार मिलेर अस्ट्रेलियाको अन्तिम ९ विकेट २२ रनको अन्तरमा लिए।

जितसहित अस्ट्रेलियाले तीन खेलको शृङ्खलामा क्लिन स्विप गरेको छ। मिचेल स्टार्क म्यान अफ द म्याच र म्यान अफ द सिरिज घोषित भए।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : ४३ बजे

झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता बढ्दो

झापा– झापामा राष्ट्रिय परिचयपत्रमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउनेको सङ्ख्या

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा