९२ वर्षे राष्ट्रपतिको अर्को कार्यकालको चाहना « Khabarhub

९२ वर्षे राष्ट्रपतिको अर्को कार्यकालको चाहना


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


546
Shares
  • change font
  • change font
  • change font

क्यामरुन – संसारका सबै भन्दा जेठा राष्ट्रपति क्यामरुनका पाउल बियाले अर्को एक कार्यकाल जिम्मेवारी लिने चाहना व्यक्त गरेका छन्।

९२ वर्षीय बियाले सामाजिक सञ्जालमा पोस्ट गर्दै आगामी अक्टोबरमा हुने निर्वाचनमा सफलता पाउँदै ४३ वर्षे शासन सत्तालाई अझ लम्ब्याउने विचार गरेका हुन्।

उनले क्यामरुनमा रहेका तथा डायस्पोराका धेरै जानको अनुरोधपछि आठौँ पटक राष्ट्रपति हुने इच्छा राखेका हुन्। बियाको प्रशासनले धेरै भ्रष्टाचारको आरोप सहेको छ भने राष्ट्रिय सुरक्षा कमजोर भएको आरोप पनि लगाइएको छ।

उनको उम्मेदवारी अपेक्षित भए पनि पक्का थिएन। यसै बिचमा उनले उम्मेदवारी घोषणा पछि क्यामरुनको निर्वाचन वातावरण मेटिएको छ।

सन् १९८२ मा सत्तामा उपस्थित भएका बियाले त्यसयता पराजयको सामना गर्नुपरेको छैन। अर्को ७ वर्षे कार्यकालमा उनी सफल भए उनको पदावधि सकिँदा सय वर्ष नाघी सकेका हुने छन्। उनलाई धेरै अफ्रिकी देशबाट पद त्यागेर पुस्तान्तरका लागि पनि दबाब भने नआएको होइन। विगतमा उनलाई बलियो साथ दिँदै आएको उत्तरी क्षेत्रका केही क्षेत्रमा बिग्रिएको सम्बन्धले भने उनलाई असर गरेको छ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ९ : २२ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ