रोशी किनारको बस्ती जोगाउला तटबन्धले ? (तस्बिरहरू) « Khabarhub

रोशी किनारको बस्ती जोगाउला तटबन्धले ? (तस्बिरहरू)


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- गत वर्ष असोज १०-१२ गते काभ्रेपलाञ्चकोकको रोशी खोलामा आएको बाढीले तहसनहस पारेको बस्ती बचाउने प्रयास भइरहेको छ ।

अहिले पनि उत्तिकै जोखिममा रहेको खोला किनारको उक्त बस्तीका बासिन्दा बर्खा लागेसँगै त्रसित छन् ।

रोशी किनारको बस्ती जोगाउन स्थानीय सरकारले अहिले धमाधम तटबन्ध बनाइरहेको छ । पनौती नगरपालिका-१२ मा पर्ने यो क्षेत्रमा जोखिम न्यूनीकरण गर्न वडास्तरबाट तटबन्ध बनाउने काम भइरहेको छ ।

पनौती नगरपालिका-१२ का वडाध्यक्ष जयराम केसी (खत्री) का अनुसार खोलाको बहाव नियन्त्रण र आसपासका बस्ती सुरक्षित गर्न खोलो गहिरो बनाएर तटबन्ध बनाइएको हो ।

सुरूमा डिजिटल नक्साबाट खोलाको सीमा छुट्याएर बढी जोखिमयुक्त स्थानलाई प्राथमिकता दिई तटबन्ध बनाउने काम भइरहेको उनले बताए ।

तटबन्ध निर्माणका लागि एक करोड ८० लाख रूपैयाँ बजेट छुट्याइएको छ । आगामी वर्षको बजेटमा रोशी करिडोरको काम सुरू हुने छ । यसका लागि ५ करोड बजेट राखिएको उनले बताए ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ११ : ०४ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा