संसद्‍मा रास्वपाको गुनासो- हामी बोलेको बोल्यै छौँ, सरकार पेलेको पेल्यै छ « Khabarhub

संसद्‍मा रास्वपाको गुनासो- हामी बोलेको बोल्यै छौँ, सरकार पेलेको पेल्यै छ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले गृहमन्त्री रमेश लेखकसहित सरकारका विवादित मन्त्रीहरूबारेमा सरकारलाई प्रश्न गरेका छन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखक, भ्रष्टाचार र घुस प्रकरणमा संलग्न रहेका मन्त्रीहरूलाई अहिलेको नेतृत्व जोगाउन लागेको आरोप पनि उनले लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद नेपालीले भने, ‘हामी बोलेको बोल्यै छौं, सरकार पेलेको पेल्यै छ।’

उनले भोटेकोशी बाढीले थप पीडा दिएको भन्दै तत्काल उद्धार र राहतका लागि सरकारी संयन्त्र सक्रिय हुनुपर्ने मागसमेत गरे।

नेपालीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने उल्लेख गरे । ‘अध्यागमन विभागमार्फत् भएको मानव तस्करीमा गृहमन्त्री प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन् । गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो?’, उनले सोधे, ‘घुस प्रकरणमा जोडिएका संघीइ मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै पुग्दैन, छानबिन पनि हुनुपर्छ ।’

रास्वपाले लगातार ४९ दिनदेखि आवाज उठाए पनि कुनै छानबिन नहुनु सरकारको गैरजिम्मेवारीपनको परकाष्ठा भएको उनले दाबी गरे।

‘संसद् सुचारु राख्न संवादको ढोका खुला राख्नु हाम्रो जिम्मेवारी हो,’ उनले भने, ‘तर, सरकार गम्भीर भएर संवाद अघि बढाओस्, हामी आन्दोलन जारी राख्छौँ।’ रास्वापा सांसद नेपालीले यो चेतावनी दिएसँगै बैठक बहिष्कर गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : २६ बजे

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ

बाढीमा मृत्यु तथा बेपत्ता राष्ट्रसेवकका परिवारलाई २५ हजार राहत

त्रिशूली – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु तथा

‘गगनले सकेनन्, कांग्रेसलाई एक बनाएर म देखाउँछु’

काठमाडौं- नेपाल विद्यार्थी संगठनका पूर्वअध्यक्ष एवम् नेपाली कांग्रेसका पूर्वमहामन्त्री किशोर

म्याग्दीका पहिरो प्रभावित क्षेत्रमा भूगर्भविद्को अध्ययन सुरु

म्याग्दी– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक