संसद्‍मा रास्वपाको गुनासो- हामी बोलेको बोल्यै छौँ, सरकार पेलेको पेल्यै छ « Khabarhub

संसद्‍मा रास्वपाको गुनासो- हामी बोलेको बोल्यै छौँ, सरकार पेलेको पेल्यै छ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले गृहमन्त्री रमेश लेखकसहित सरकारका विवादित मन्त्रीहरूबारेमा सरकारलाई प्रश्न गरेका छन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री लेखक, भ्रष्टाचार र घुस प्रकरणमा संलग्न रहेका मन्त्रीहरूलाई अहिलेको नेतृत्व जोगाउन लागेको आरोप पनि उनले लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद नेपालीले भने, ‘हामी बोलेको बोल्यै छौं, सरकार पेलेको पेल्यै छ।’

उनले भोटेकोशी बाढीले थप पीडा दिएको भन्दै तत्काल उद्धार र राहतका लागि सरकारी संयन्त्र सक्रिय हुनुपर्ने मागसमेत गरे।

नेपालीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै नपुग्ने उल्लेख गरे । ‘अध्यागमन विभागमार्फत् भएको मानव तस्करीमा गृहमन्त्री प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका छन् । गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो?’, उनले सोधे, ‘घुस प्रकरणमा जोडिएका संघीइ मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्रै पुग्दैन, छानबिन पनि हुनुपर्छ ।’

रास्वपाले लगातार ४९ दिनदेखि आवाज उठाए पनि कुनै छानबिन नहुनु सरकारको गैरजिम्मेवारीपनको परकाष्ठा भएको उनले दाबी गरे।

‘संसद् सुचारु राख्न संवादको ढोका खुला राख्नु हाम्रो जिम्मेवारी हो,’ उनले भने, ‘तर, सरकार गम्भीर भएर संवाद अघि बढाओस्, हामी आन्दोलन जारी राख्छौँ।’ रास्वापा सांसद नेपालीले यो चेतावनी दिएसँगै बैठक बहिष्कर गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : २६ बजे

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौं–  स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान