संसद्‍मा ज्ञानेन्द्र शाहीको कटाक्ष- भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा जानू « Khabarhub

संसद्‍मा ज्ञानेन्द्र शाहीको कटाक्ष- भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा जानू


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


567
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि भ्रष्टाचारको गम्भीर आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एकपछि अर्को भ्रष्टाचार प्रकरणको संरक्षण गर्न ओली सरकार लागि परेको आरोप पनि लगाएका छन् ।

शाहीले व्यङ्ग्य गर्दै भने, ‘ज्ञान नपाए काशी जानु, न्याय नपाए गोरखा जानु, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानु।’

उनले प्रधानमन्त्री ओली स्वयम् भ्रष्टाचारीको संरक्षणमा रहेको आरोप लगाउँदै सरकारको नैतिकता र जवाफदेहिता प्रति प्रश्न उठाए।

उनले थपे, ‘नेपाल सगरमाथाको देश, बुद्धको देश भनेर चिनिन्थ्यो, अब ‘भ्रष्टाचारीको देश’ भनेर लेख्नुस्।’

शाहीले भिजिट भिसासम्बन्धी मानव तस्करी प्रकरण र मन्त्रीहरू जोडिएको घुस प्रकरणको अडियोबारे पनि प्रश्न उठाए । ‘यति हुँदासम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोग किन चुप लागेर बसेको छ? राज्यका अन्य निकाय किन रमिते बनेका छन् ? राजीनामा दिएका मन्त्रीलाई पक्राउ गरेर कारबाही होस्,’ उनले भने।

सरकारको निष्क्रियताप्रति आक्रोश पोख्दै उनले गम्भीर चेतावनी दिए । ‘नेपालको इतिहासले हेर्नेछ यो सरकारलाई, भ्रष्टाचारीलाई संरक्षण गर्न पाइँदैन। आजको कुरा रेकर्ड भयो, गिनिज बुकमा नाम लेखाउनुस्’, उनले भने ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  १ : ३४ बजे

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि

रवि-बालेन मिल्न लाग्दा प्रदीप ज्ञवालीको टिप्पणीः विचार मिलेको कि स्वार्थ ?

काठमाडौं – नेकपा (एमाले)का निर्वतमान उपमहासचिव प्रदीप ज्ञवालीले रवि लामिछाने

प्याङ्क्रियाजको सास्ती : न उठी सुख, न बसी सुख

गत मंसिरमा विवाह गरेर घरमा भित्र्याउन नपाउँदै एउटी युवतीको मृत्यु