राप्रपा र रास्वपालाई कांग्रेस सांसद्को सुझाव- सदनमा आफ्नो धारणा राखेर बहिष्कार गर्नुभन्दा बाहिरै आन्दोलन गर्नुस् | Khabarhub Khabarhub

राप्रपा र रास्वपालाई कांग्रेस सांसद्को सुझाव- सदनमा आफ्नो धारणा राखेर बहिष्कार गर्नुभन्दा बाहिरै आन्दोलन गर्नुस्


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दलका सांसदहरूले रास्वपा र राप्रपाका सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठाएका छन् ।   

मंगलबार  बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले आफ्नो धारणा राख्ने र सदन बहिष्कार गर्ने रास्वपा र राप्रपाका सांसदहरूको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।

बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद दीपक गिरीले सदनमा आएर आफ्नो धारणा राखेर बहिष्कार गर्नुभन्दा सदन बाहिर आन्दोलन गर्न सुझाव दिए । 

बोल्नका लागि सदन चाहिने र बोलेपछि त्यही सदन बहिष्कार गर्ने नौटंकी भइरहेको उनले बताए । सांसद गिरीले बैठकको सुरुमा अरु पार्टीलाई बोल्न दिएको तर पहिलो र दोस्रो पार्टीलाई बोल्न नदिएको भन्दै आपत्ति जनाए ।

त्यस्तै एमाले सांसद ज्वाला कुमारी साहले एक जना व्यक्तिले गरेको गल्तीका आधारमा सरकारलाई लाञ्छना लगाउने काम गलत भएको बताइन् । मिडियामा प्रचारमा आउन केही सांसदहरूले सदनमा अनावश्यक कुरा उठाइरहेको उनको भनाइ छ ।

त्यस्तै बैठकको शून्य समयमा समेत सत्तारुढ दलका सांसदहरूले आफ्नो कुरा राख्ने र सदन बहिष्कार गर्ने कार्य उचित नभएको बताएका थिए ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  २ : ३० बजे

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिँदै

म्याग्दी– म्याग्दीमा रहेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय

भोजपुरको अरुण गाउँपालिकामा बहुउद्देश्यीय प्रतिष्ठान भवनको शिलान्यास

काठमाडौं— भोजपुरको अरुण गाउँपालिकामा भारत सरकारको सहयोगमा निर्माण हुने ‘अरुण

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

गण्डकी– गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दशमलव ०३ प्रतिशत

एमालेको ‘नोटिस’ ढकालको कि च्यासलको ?

काठमाडौं– ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार