छाउगोठ भत्काउन अभियान थालौँ : सांसद चन्द « Khabarhub

छाउगोठ भत्काउन अभियान थालौँ : सांसद चन्द


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी प्रथाको अन्त्यका लागि छाउगोठ भत्काउने अभियान थाल्न आग्रह गरेकी छन् । उनले यसका लागि तीनै तहको सरकार, नागरिक समाज र सरोकारवाला सबैसँग अपिल गरेकी छन् ।

राष्ट्रियसभाको आजको बैठकमा आकस्मिक बैठकमा सांसद चन्दले छाउपडी प्रथालाई निरन्तरता  दिने व्यक्ति र जनप्रतिनिधिलाई राजनीतिक सदस्यता नदिन राजनीतिक दलहरूलाई आह्वान गरिन्। उनले छाउगोठमा मृत्यु भएकी २८ वर्षीया कमला आउजीप्रति श्रद्धाञ्जली अपर्ण गर्दै कुप्रथालाई निरन्तरता दिनेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सभाअध्यक्षमार्फत सरकारसँग माग गरिन्।
    
कञ्चनपुरको कृष्णपुर नगपालिकामा छाउगोठमा सुतेका बेला सर्पले डसेर आउजीको मृत्यु भएको थियो ।

‘कानुनी रुपमा गोठ राख्न पाइन्छ कि पाइँदैन ? कसुरजन्य अपराधलाई प्रशय दिनेहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ’, सांसद चन्दले भनिन्, ‘तीनै तहको सरकार पन्छिने, परिवार समाज पन्छिने अनि सबै दोष कुलदेवतालाई लगाउने ?’
 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  २ : ४८ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल