बाँकेको राप्ती सोनारी क्षेत्रमा पुल निर्माण गर्न माग « Khabarhub

बाँकेको राप्ती सोनारी क्षेत्रमा पुल निर्माण गर्न माग


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बाँके जिल्लाको दुर्गम क्षेत्रमा रहेका राप्ती सोनारी क्षेत्रमा तत्काल पुल निर्माण गर्न सांसद डा. चन्द्रकान्त भण्डारीले माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले बाँकेको राप्ती सोनारी, डडुवा र नरैनापुर गाउँपालिका क्षेत्रका स्थानीयवासी डुङ्गा तरेर नदी पार गर्दा दुर्घटनामा पर्ने गरेकाले समस्या समाधान गर्न माग गरे ।

त्यस क्षेत्रका स्थानीयवासीको मुख्य पेसा कृषि भएको तर धान रोप्न जान नदी पार गर्न समस्या हुने गरेको, केही वर्षअघि डुङ्गा तर्दा १०० जनाको निधन भएकाले पुल बनाउन सरकारलाई रुलिङ गरिदिन सांसद भण्डारीले सभामुखसँग माग गरे ।

सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम जिल्लाको चौरजहारी नगरपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेपछि अनाथ बनेका बालबालिकालाई प्रधानमन्त्रीको पहलमा राजधानी ल्याएर पठनपाठनको व्यवस्था गरिएको बताए। जातीय छुवाछूतको अन्त्यका लागि कानुन बने पनि त्यसको कार्यान्वयन हुन नसकेकाले यथाशीघ्र त्यसमा सुधार गरिनुपर्नेमा जोड दिए । 

सांसद रामप्रकाश चौधरीले अन्नको भण्डार मधेश प्रदेशमा अहिले पानी नपरेर समस्या भएकाले सरकारको नीति तथा कार्यक्रम एवं बजेटले समेटेर लैजान माग गरे ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  २ : ५५ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल