तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता « Khabarhub

तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् । 

दिउँसो १२ बजे दुम्लिङबाट तुइनमार्फत महाकाली नदी तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुडिँदा महाकाली नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । 

नारायणसँगै २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए । नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए । त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा उनी बेपत्ता भएको प्रहरीले जनाएको छ । 

उक्त घट्नापछि जितु र नारायणसँगै गएका जयदुले भने तुइन चढ्ने प्रयास नै गरेनन् । बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक  रावतले बताए।   

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : १८ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल