गरिबी र असमानता अन्त्यका लागि भूमिको अधिकार आवश्यक : मुख्यमन्त्री कँडेल « Khabarhub

गरिबी र असमानता अन्त्यका लागि भूमिको अधिकार आवश्यक : मुख्यमन्त्री कँडेल


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अव्यवस्थित बसोबास, गरिबी र सामाजिक असमानता अन्त्य गर्नका लागि भूमिको स्वामित्व हुनु आवश्यक भएको बताएका छन् । 

मंगलबार चौकुने गाउँपालिका वडा नं. ७ र ८ का एक सय चार जना भूमिहीन नागरिकलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले जो व्यक्तिसँग जग्गा छैन, उसले स्थायित्व, सुरक्षा र आत्मसम्मान महसुस गर्न नसक्ने बताएका हुन् । 

‘त्यसैले सरकार सबै नागरिकलाई जग्गाधनी बनाउने अभियानमा लागेका छ,’ उनले भने, ‘भूमिहीन तथा अव्यवस्थित रूपमा बसोबास गर्दै आएका परिवारलाई सम्मानपूर्वक बाँच्न सहयोग पुग्ने गरी सरकारले नीति र कार्यक्रम अघि सारेको छ ।’

मुख्यमन्त्री कँडेलले आगामी दिनमा बाँकी रहेका भूमिहीन र सुकुम्बासी परिवारलाई समेत न्याय सुनिश्चित गर्दै प्रमाणपुर्जा वितरणको कार्यलाई तीव्रता दिने बताए । ‘हामी सामाजिक न्याय र समावेशितालाई व्यवहारमा उतार्न चाहन्छौँ,’ उनले भने,‘त्यसका लागि भूमिको स्वामित्व अनिवार्य छ ।’

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : ४९ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ