असार मसान्तको दबाबबीच ३४ अंकले बढ्यो नेप्से  | Khabarhub Khabarhub

असार मसान्तको दबाबबीच ३४ अंकले बढ्यो नेप्से 


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौद्रिक नीति आएको दोस्रो दिन घटेको बजारमा मंगलबार फेरी रौनक फर्किएको छ । असार मसान्त भएकाले ब्रोकर देखि लगानीकर्ताले समेत सेटलमेन्ट गर्नुपर्ने दबाबका बीचमा पनि शेयर बजारमा वृद्धि देखिएको छ। 

सामान्यतया असार मसान्तको अन्तिम दिनहरूमा ब्रोकरले लगानीकर्तालाई लिमिट दिने गरेका हुँदैनन् । यो समयमा लगानीकर्ताले क्यासमा कारोबार गर्नुपर्ने हुन्छ । लगानीकर्ताले यो समयमा प्राय शेयर बेच्ने भएकाले सेलिङ पेसर आउने भएकाले बजार घट्ने गर्छ । 

तर, मौद्रिक नीतिमा शेयर बजारका लागि लचिलो व्यवस्था आएकाले गर्दा मंगलबार बजारमा रौनक फर्किएको हो। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.४६ अंकले बढेको छ । असार मसान्त सकिन्न दुई दिन अगाडि अर्थात असार ३१ गते नेप्से १.२६ प्रतिशतले बढेर २७६०.१७ विन्दुमा पुगेको छ। 

नेप्से बढ्दा ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ५६ लाख १७ हजार २०९ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा २०९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर छैन । 

यस्तै ३१७ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ५७ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये सबै समूह बढेको छ । मंगलबार सबैभन्दा बढी वाणिज्य बैंक समूह बढेको छ भने सबैभन्दा कम म्युचुअल फन्ड भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : ३५ बजे

इंग्लिस प्रिमियर लिग : उल्भ्सविरुद्ध चेल्सीको सानदार जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सानदार जित निकालेको छ

आठवर्षसम्म पाएन मङ्गलाले प्रशासकीय भवन बनाउन निःशुल्क जग्गादाता

म्याग्दी- म्याग्दीको मङ्गला गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने योजना स्थापनाको

पीएसबी नेपालको एक वर्ष पूरा, ‘एनटिभी वर्ल्ड’ शुभारम्भ हुँदै

काठमाडौं– सार्वजनिक सेवा प्रसारण (पीएसबी) नेपालले स्थापनाको एकवर्षे यात्रा पूरा

गर्भवतीलाई पोषण भत्ता वितरण

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दुई सय ९५ गर्भवतीलाई पोषण भत्ता

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी