असार मसान्तको दबाबबीच ३४ अंकले बढ्यो नेप्से  « Khabarhub

असार मसान्तको दबाबबीच ३४ अंकले बढ्यो नेप्से 


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मौद्रिक नीति आएको दोस्रो दिन घटेको बजारमा मंगलबार फेरी रौनक फर्किएको छ । असार मसान्त भएकाले ब्रोकर देखि लगानीकर्ताले समेत सेटलमेन्ट गर्नुपर्ने दबाबका बीचमा पनि शेयर बजारमा वृद्धि देखिएको छ। 

सामान्यतया असार मसान्तको अन्तिम दिनहरूमा ब्रोकरले लगानीकर्तालाई लिमिट दिने गरेका हुँदैनन् । यो समयमा लगानीकर्ताले क्यासमा कारोबार गर्नुपर्ने हुन्छ । लगानीकर्ताले यो समयमा प्राय शेयर बेच्ने भएकाले सेलिङ पेसर आउने भएकाले बजार घट्ने गर्छ । 

तर, मौद्रिक नीतिमा शेयर बजारका लागि लचिलो व्यवस्था आएकाले गर्दा मंगलबार बजारमा रौनक फर्किएको हो। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४.४६ अंकले बढेको छ । असार मसान्त सकिन्न दुई दिन अगाडि अर्थात असार ३१ गते नेप्से १.२६ प्रतिशतले बढेर २७६०.१७ विन्दुमा पुगेको छ। 

नेप्से बढ्दा ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ५६ लाख १७ हजार २०९ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा २०९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर छैन । 

यस्तै ३१७ वटा कम्पनी कारोबारमा आउँदा ७४ हजार ५७ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये सबै समूह बढेको छ । मंगलबार सबैभन्दा बढी वाणिज्य बैंक समूह बढेको छ भने सबैभन्दा कम म्युचुअल फन्ड भएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : ३५ बजे

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,