रास्वपालाई प्रतिमा गौतमको प्रश्न : हस्ताक्षर संकलन अभियान राजनीति कि रियालिटी शो ? « Khabarhub

रास्वपालाई प्रतिमा गौतमको प्रश्न : हस्ताक्षर संकलन अभियान राजनीति कि रियालिटी शो ?


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतम प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)माथि लोकतन्त्रको नैतिकता र जनताको भरोसा माथि खेलबाड गरेको आरोप लगाएकी छन् । 

उनले रास्वपाले सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका सभापति रवि लामिछानेको पक्षमा संकलन गरिरहेको हस्ताक्षर अभियानप्रति ईंगित गर्दै यस्तो आरोप लगाएकी हुन् ।  

‘राजनीति कि रियिलिटी शो ? सस्तो लोकप्रियताको लोभमा कोठाभित्र स्क्रिप्ट लेखेर कोठा बाहिर क्रान्तिको दाबा गर्नेहरूले अब लोकतन्त्रको नैतिकता र जनताको भरोसा दुबै माथि खेलबाड गरेका छन्,’ प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै गौतमले भनिन्, ‘जनताबाट विश्वास चोर्ने, पीडालाई प्रयोग गर्ने अन्ततः ठगीमा जेल गएकाहरूको लागि हस्ताक्षर संकलन गर्ने के हो यो ?’

सांसद गौतमले राजनीति अब नीति र सिद्धान्तको नभएर नाटक र नक्कलीपनको अखडा बनेको पनि टिप्पणी गरिन् ।

 ‘राजनीति अब नीति र सिद्धान्तको होइन्, नाटक र नक्कलीपनको अखडा बनेको छ । जहाँ आँशु, आरोप र अभिनय सबै तयार गर्ने, नाटकको निर्देशक नै सांसद छन्,’ उनले भनिन्, ‘त्यो सबै नाटकको सेट–अपपछि जेल भित्रबाट हस्ताक्षर संकलनका नाममा क्यूआर कोड पठाएर द्रव्य उठाउने नयाँ राजनीतिक नवाचार यो के हो ?’

गौतमले ठगी, बेइमानी, चोरी वा अन्य अपराधमा संलग्न हुनेहरूले पनि अदालतलाई आफू अनुकूल प्रभाव पार्ने गरी हस्ताक्षर गर्दै हिड्ने अवस्था देखिएको भन्दै आपत्ति जनाइन् ।

 ‘यो त योजनाबद्ध ढंगबाट गरिएका नक्कली अभियान हो सभामुख महोदय,’ उनले प्रश्न गरिन्, ‘अब प्रश्न उठ्नै पर्छ, रास्वपाको एजेन्डा के हो रु जनताको सेवा रु नाटक, षड्यन्त्र या चन्दा संकलन ?’

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ३ : ५५ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ