सुर्खेतका तीन जनालाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार  « Khabarhub

सुर्खेतका तीन जनालाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार 


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेत जिल्लाका तीन जना कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत गरिएको छ । कृषि पेसामा लागेर राम्रो काम गरेकोमा तीन जना कृषकलाई पुरस्कृत गरिएको कृषि विकास निर्देशनालय सुर्खेतले जनाएको छ । 

मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार ३० हजार राशिको प्रथम पुरस्कारबाट भेरीगंगा नगरपालिका–८ मा केरा खेती गरिरहेका ८ विनोद शर्मा, २५ हजार राशिको द्वितीय पुरस्कार वीरेन्द्रनगर नगरपालिका–१३ मेवा ड्रागन खेती गरिरहेका ललितप्रसाद लामिछाने र २० हजार राशिको तृतीय पुरस्कार भेरीगंगा नगरपालिका–१० मा तरकारी खेती तथा पशुपन्छी पालन गरिरहेका अञ्जना बुढालाई प्रदान गरिएको छ । 

पुरस्कार वितरण कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद शाहले धनराशि थोरै भए पनिि प्रेरणा, अनुकरणीय हुन्छ, त्यसैले पुरस्कृत गरेको बताए । 

‘धेरै अन्न दाता कर्म भूमिमा खटिदा पनि आवश्यकता अनुसारको उत्पादन बढाउन सकेका छैनौँ,’ उनले भने,‘यस्तो कार्यक्रमले अरूलाई पनि कृषिमा संलग्न हुने प्रेरणा जाग्छ ।’

जुनसुकै क्षेत्रको मानिसलाई पनि खाद्य आवश्यक भएकाले महत्त्वपूर्ण क्षेत्र कृषि क्षेत्र रहेको र जो यो क्षेत्रमा संलग्न हुन्छ, समर्पित भई, देशको विकासमा टेवा पुर्‍याउँछ त्यस्तो क्षेत्रलाई सम्मानित बनाउनु आवश्यक रहेको मन्त्री शाहले बताए । 

‘कृषि क्षेत्रको योगदान राष्ट्रिय पुँजीमा धेरै छ ।  कृषिको व्यवसायीकरण गरे मात्र सबै किसानलाई जोड्न सकिन्छ । यसमा कृषि मन्त्रालय लागेको छ,’ उनले भने,‘हाम्रो तर्फबाट जे जति गर्नु पर्ने हो हामी सबैसँग जोडिएर गर्न चाहन्छौँ । सरकार र कृषक इमानदार भएर समर्पित हुनुपर्‍यो । अनुदान सदुपयोग गर्न लाग्नु पर्ने र वास्तविक किसानले भन्दा बिचौलियाले अनुदान प्राप्त गर्छ भन्ने हल्ला छ त्यसमा गम्भीर ध्यान दिनु पर्नेछ । यस्ता हल्ला चिर्न हामीले इमानदारीपूर्वक लिने र दिने पक्ष लाग्नु पर्नेछ ।’ 

कर्णालीलाई भिन्न प्रकृतिले घेरेको र असाध्यै सुन्दर हावापानी रहेको मन्त्री शाहले बताए । ‘उत्पादन वृद्धि गर्ने, खेतीयोग्य जमिन कम भए पनी बहुमूल्य बस्तु उत्पादन गरी धनी प्रदेशका रूपमा विकास गर्न सक्छौँ,’ उनले भने,‘अहिले युवा पङ्क्ति कृषिमा देख्दा भविष्य धेरै राम्रो देखेको छु ।’ 

कृषि क्षेत्रमा लागेर आफू पुरस्कृत हुँदा झन् हौसला बढेको प्रथम कृषक विनोद शर्माले बताए । ‘ म विगत ६ वर्षदेखि केरा खेती गर्दै आएको छु । यसमा सफलता पनि पाएको छु,’ उनले भने,‘पुरस्कार पाउँदा निकै खुसी उत्साहित भएको छु ।’ 

कसरी व्यावसायिकीकरण गर्ने, कसरी उद्यमी बनाउने, कसरी रोजगार सिर्जना गर्ने भन्ने तिर लाग्नु पर्ने पशुपन्छी विकास निर्देशनालयका निमित्त निर्देशक कृष्ण पङ्गेनी बताए । ‘सरकारको लक्ष्य अनुरूप किसानले साथ दिएको छ,’ उनले भने,‘कृषिमा निरन्तरता दिनु अहिले आवश्यकता हो ।’

कर्णाली कृषिमा कम्मर कसेर लागेकाले दुई जना किसानले राष्ट्रपति उत्कृष्ट पुरस्कार पाएको  प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयन इकाई सुर्खेतका प्रमुख डा. धर्मराज गिरी बताए । ‘अरूले पनि अनुसरण गर्नु पर्ने बेला आएको छ,’ उनले भने,‘हाम्रो परियोजनाले पनि उत्कृष्ट कृषकसँग काम गरेको छ 
। मौद्रिक र गैर मौद्रिक सम्मानले किसानको हौसला प्रदान गर्छ ।’

कर्णाली प्रदेश सरकारले कृषिमा अन्य प्रदेशभन्दा धेरै राम्रो काम गरेको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रमुख चित्र रोकायले बताए । जुम्लामा ६० करोड स्याउ, सल्यानमा ४० करोडको अदुवा, ६० करोडको सुन्तला र सुर्खेतबाट १२ करोड अदुवा विदेश निर्यात भएको छ,’ उनले भने,‘कार्यालय सहजीकरण मात्रै हो मुख्य भूमिका किसानको हो ।’

प्राङ्गारिक धेरै सम्भावना हुँदा पनि थुप्रै काम बाँकी रहेको रोकायले बताए । ‘यसलाई सफल बनाउने जिम्मेवारी हाम्रो काँधमा छ,’ उनले भने,‘कर्णालीमा कृषिमा केही हुँदैन भन्ने भाष्यलाई तपाईँ कृषक र हामीले चिर्नु पर्नेछ । त्यसका लागी कम्मर कसेर लाग्नु छ ।’

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ४ : ०१ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ