बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई « Khabarhub

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि उक्त जिम्मेवारी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई दिइएको छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष आज पोखरेलले पद तथा गोपनियताको सपथ लिएका हुन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भइ काम गर्ने गरी तोक्ने निर्णय गरेको थियो ।
    
नेपाल बीमा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष ओझाका बारेमा उजुरी परेपछि मन्त्रिपरिषद्को बैठकले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानबिन समिति गठन भएपछि ओझा स्वतः निलम्बन भएका थिए ।

यसैबीच, छानबिन समितका अध्यक्ष गिरी, सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले आज पत्र बुझेको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ४ : ०५ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट