सरकारले गरेका राम्रा कामलाई देख्न नसक्नेले भ्रम छर्न खोजे : पदम गिरी « Khabarhub

सरकारले गरेका राम्रा कामलाई देख्न नसक्नेले भ्रम छर्न खोजे : पदम गिरी


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद पदम गिरीले सरकारले गरेका राम्रा कामलाई देख्न नसक्नेहरूले सरकारमाथि भ्रम छर्न खोजेको बताएका छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले विकास निर्माणका सवालमा सरकारले गरेका राम्रा कामलाई चुनौती दिन नसकेपछि प्रधानमन्त्रीको स्पेन भ्रमणलाई देखाएर भ्रम छर्न खोजेको बताएका हुन् । 

उनले प्रधानमन्त्रीसँग स्पेन गरेका सबै सदस्यहरूले स्वदेश फकिएको उल्लेख गर्दै अघिपछि विभिन्न विमानमार्फत गएका व्यक्तिहरूको जिम्मा सरकारले लिन नसक्ने तर्क गरे ।

त्यस्तै सांसद गिरीले वर्तमान सरकारको १ वर्षमा बिग्रिएको अर्थतन्त्रलाई सही दिशामा ल्याउने काम भएको दाबी गरे । विगतको सरकारले भन्दा अहिलेको सरकार आएपछि राजस्व संकलनमा वृद्धि भएको, आर्थिक वृद्धिमा सुधार भएको, मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको उनले बताए । 

उनले आर्थिक क्षेत्रमा निकै सुधार भए पनि पर्याप्त नभएकाले सबै मिलेर मुलुकको विकास र समृद्धिमा बहस गर्न जरुरी रहेको धारणा राखे । 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ४ : ५८ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ