सरकारले गरेका राम्रा कामलाई देख्न नसक्नेले भ्रम छर्न खोजे : पदम गिरी « Khabarhub

सरकारले गरेका राम्रा कामलाई देख्न नसक्नेले भ्रम छर्न खोजे : पदम गिरी


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद पदम गिरीले सरकारले गरेका राम्रा कामलाई देख्न नसक्नेहरूले सरकारमाथि भ्रम छर्न खोजेको बताएका छन् ।  

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गिरीले विकास निर्माणका सवालमा सरकारले गरेका राम्रा कामलाई चुनौती दिन नसकेपछि प्रधानमन्त्रीको स्पेन भ्रमणलाई देखाएर भ्रम छर्न खोजेको बताएका हुन् । 

उनले प्रधानमन्त्रीसँग स्पेन गरेका सबै सदस्यहरूले स्वदेश फकिएको उल्लेख गर्दै अघिपछि विभिन्न विमानमार्फत गएका व्यक्तिहरूको जिम्मा सरकारले लिन नसक्ने तर्क गरे ।

त्यस्तै सांसद गिरीले वर्तमान सरकारको १ वर्षमा बिग्रिएको अर्थतन्त्रलाई सही दिशामा ल्याउने काम भएको दाबी गरे । विगतको सरकारले भन्दा अहिलेको सरकार आएपछि राजस्व संकलनमा वृद्धि भएको, आर्थिक वृद्धिमा सुधार भएको, मुद्रा सञ्चितिको अवस्थामा सुधार आएको उनले बताए । 

उनले आर्थिक क्षेत्रमा निकै सुधार भए पनि पर्याप्त नभएकाले सबै मिलेर मुलुकको विकास र समृद्धिमा बहस गर्न जरुरी रहेको धारणा राखे । 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ४ : ५८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली