विद्या भण्डारीले भनिन्- एमालेमा मेरो जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्छ   | Khabarhub Khabarhub

विद्या भण्डारीले भनिन्- एमालेमा मेरो जिम्मेवारीबारे केन्द्रीय कमिटीले निर्णय गर्छ  


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो जिम्मेवारीका बारेमा केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी छन् ।

मदन भण्डारीको ७५ औं जन्मजयन्तीका मनाउने सन्दर्भमा मदन भण्डारी फाउण्डेशनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले एमालेको राजनीतिमा सक्रिय भएर आफूले देशको सेवा गर्ने भन्दै आफ्नो भूमिकाका बारे एमाले केन्द्रीय कमिटीले निर्णय गर्ने बताएकी हुन् । 

महाधिवेशन अघि केन्द्रीय कमिटी नै माथिल्लो निकाय भएकाले एमालेमा आफ्नो कुन संरचनामा के भूमिका हुने भन्ने कुरा माथिल्लो तहको नेतृत्वले निर्णय गर्ने उनले बताइन् ।

त्यस्तै भण्डारीले विधान महाधिवेशनमा सन्दर्भमा दसौँ महाधिवेशनका प्रतिनिधिहरूले नै भाग लिने भए पनि नयाँ सदस्य समेत थपिएकाले यस बारेमा पनि पार्टी केन्द्रीय कमिटीले नै निर्णय लिने जिकिर गरिन् ।

पूर्वराष्ट्रपति भण्डारीले संसद् विघटनको घटनाले आफूलाई पछ्याइरहने बारे आफू जानकार रहेको जिकिर गरिन् ।

संसद् विघटनको घटनाले आफूलाई कुनै दबाब भन्दा पनि मन्त्रिपरिषद्ले निर्णय गरेर आएको कुरालाई कार्यान्वयन मात्र गरेको उनले स्पष्ट पारिन् ।  

मदन भण्डारी फाउण्डेशनले मदन भण्डारीको जन्मजयन्ती मनाउन पूर्वराष्ट्रपति भण्डारीको संरक्षकत्वमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन भएको जानकारी दिएको छ । 

बिचार गोष्ठी, वादविवाद, हाजिरी जवाफ, खेलकुद प्रतियोगिता लगायतका रचनात्मक क्रियाकलापका साथ मदन भण्डारीको जन्मजयन्तीलाई २०८२ र २०८३ सालभरी मनाइने फाउण्डेशनले जनाएको छ । 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : १२ बजे

कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपामा कटुवा पेस्तोल र गोलीसहित एक युवक पक्राउ

एमालेले जनतासँगको सम्बन्ध ब्यापक सुधार गर्नेछ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले जनतासँगको सम्बन्धमा व्यापक

राजेन्द्र बजगाईंको गुनासो- प्रतिशोध साँधेर मेरो होटलमा आगजनी गरियो

काठमाडौं– नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले प्रतिशोधीहरूले जेन–जी पुस्ताका आन्दोलनकारीलाई

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनरुत्थान हुने विश्वास

काठमाडौं– सुशासनलगायत विभिन्न मुद्दासहित जेन–जीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय

प्यालेस्टाइन कहिल्यै राष्ट्र बन्नेछैन : नेतन्याहू

एजेन्सी – इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले प्यालेस्टाइन कहिल्यै स्वतन्त्र राष्ट्र