अर्थ मन्त्रालयको महाशाखाजस्तो संरचनाले वैकल्पिक वित्त परिचालन सम्भव छैन : पूर्वअर्थमन्त्री पुन  | Khabarhub Khabarhub

अर्थ मन्त्रालयको महाशाखाजस्तो संरचनाले वैकल्पिक वित्त परिचालन सम्भव छैन : पूर्वअर्थमन्त्री पुन 


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले ठूला पूर्वाधार विकासका लागि वैकल्पिक वित्त परिचालन जरुरी रहेको बताएका छन् ।  

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मंगलबार प्रतिनिधिसभामा प्रस्तुत गरेको ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को सैद्धान्तिक छलफलमा भाग लिँदै पुनले ठूला पूर्वाधार विकासमा वैकल्पिक वित्त परिचालन ढिला भइसकेको बताए । 

विश्व अर्थतन्त्र संकटमा रहेको, भू–राजनीतिक तनावले विदेशी सहयोग वा लगानीका सम्भावना सीमित भएको तथा नेपाल छिट्टै अल्पविकसितबाट विकाशशील देशमा स्तरान्नती हुँदै गरेको अवस्थामा वैकल्पिक वित्तको खोजी गर्न ढिला गर्न नहुनेमा उनको जोड थियो । 

राजश्वबाट दैनिक प्रशासनिक खर्च धान्नसमेत मुस्किल रहेको विद्यमान अवस्थामा पूर्वाधारमा लगानी गर्ने श्रोतको सीमितता रहेको चर्चा गर्दै उनले वैदेशिक लगानी, निजी क्षेत्र तथा वैदेशिक रोजगारीमा रहेको नेपाली समुदायसँगको सहकार्यमा वैकल्पिक पुँजी परिचालन गर्न सक्नुपर्ने औँल्याए । 

यद्यपि अर्थमन्त्री मन्त्री पौडेलले वैकल्पिक वित्त परिचालनका लागि प्रस्ताव गरेको संगठन संरचना कमजोर रहेको टिप्पणी उनको थियो । 

पुनले मन्त्रालयको शाखा/महाशाखाजस्तो प्रस्तावित संरचनाले वैकल्पिक वित्तका लागि लगानी जुटाउन र खर्च गर्न नसक्ने स्पष्ट गरे । प्रस्तावित अवधारणाअनुसारकै संरचना बने वैकल्पिक वित्त परिचालनबाट लाभ नमिल्नुका साथै सरकारमाथि थप अविश्वास बढ्न जाने उनले बताए । 

‘अर्थमन्त्रीजीले प्रस्ताव गर्नुभएको संरचना हेर्दा अर्थ मन्त्रालयको शाखा/महाशाखाजस्तो छ । अर्थ मन्त्रालयको सचिव बस्ने सह–सचिव बस्ने, पूर्वाधारसम्बन्धी मन्त्रालयको सहसचिव बस्ने अनि कोष भनेर कसरी आउँछ विदेशी बैंकहरु ग्रिन फण्डहरु ?’, पुनले भने, ‘अर्थ मन्त्रालयको महाशाखाजस्तो संरचना बनाएर लगानी जुट्दैन । खरब–खरबको बजेट परिचालन गर्ने संरचना यो हुन सक्दैन । प्रतिस्पर्धी संगठन हुनुपर्छ, जसले लगानी पनि गर्छ, लगानी जुटाउँछ, लगानीलाई मुनाफामूलक बनाउँछ, राम्रो आय गर्छ र नाफा पनि बाँड्न सक्छ । खुरुखरु विदेशमा बस्नेबाट पैसा उठायो या डिभेन्चर जारी गर्‍यो । अनि यसले नाफा दिन सक्दैन अनि सरकारमाथि अर्को अविश्वास हुने सम्भावना हुन्छ ।’ 

वैकल्पिक वित्त परिचालन विश्वभर चल्तीमा रहेको नयाँ अवधारणा भन्दै विधेयक ल्याएकामा सरकारलाई धन्यवाद पनि दिए । विधेयकमाथि सक्रिय छलफल गरी परिष्कृत गरी यो अवधारणालाई सार्थक बनाउन आफ्नो दलका तर्फबाट पूरै सहयोग हुने प्रतिबद्धता पुनले जनाए ।

‘हामीलाई दीर्घकालीन प्रकृतिका ठूला पूर्वाधारमा लगानी गर्न वित्तको अभाव छ । वैकल्पिक वित्त परिचालन पुँजीलाई श्रोत वा कोषका रूपमा विकास गर्ने विश्वव्यापी नयाँ अवधारणाका रूपमा आएको छ । हामीले विगतमा केही प्रयोग पनि गरेका छौँ । त्यस अर्थमा यो विधेयक स्वागत योग्य छ । सार्वजनिक वित्तको अभावमा पूर्वाधार लगानीमा हामीलाई पुगिराख्या छैन ।’ उनले भने, ‘राजश्वबाट साधारण खर्च नै नधान्ने अवस्थामा थप लगानीका लागि हामीलाई पुँजीको अभाव रहेको छ । त्यो ‘ग्याप’ लाई पूरा गर्नका लागि यो विधेयक जरुरी थियो । त्यसका लागि सरकारलाई र मन्त्रीजीलाई म धन्यवाद दिन चाहन्छु ।’ 

पुनले गत वर्षको बजेटमा आफूले खाडीसहित विभिन्न मुलुकमा प्रयोगमा रहेको ‘सोभरेन्ट वेल फण्ड’ को अवधारणा अघि सारेको भए पनि विधेयकमा समावेश नगरेकामा उनले असन्तुष्टि जनाए । उनले संशोधनका क्रममा उक्त विषय समावेश गर्न अर्थमन्त्री र सरकारको ध्यानाकर्षण गराए । 

३५ खर्बभन्दा बढी वैदेशिक मुद्रा लगानी नभई रिजर्भमा बस्नु राम्रो विषय नभएको भन्दै उनले बढीमा ६ महिनाका लागि वस्तु तथा सेवाको आयात गर्न पुग्ने वैदेशिक मुद्रा सञ्चितीमा राखेर बाँकी लगानी गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ३८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग