‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष « Khabarhub

‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सञ्चालन गरेको ‘ग्रास रुट’ अभियानले जनतासँग पार्टी र कार्यकर्तासँग नेताको सम्बन्धमा सुधार हुँदै गएको निष्कर्ष निकालेको छ । पार्टीको सङ्गठन विभागको बैठकमा सो अभियानले आम कार्यकर्ता चलायमान भएको निष्कर्ष निकालेको हो । 

सङ्गठन विभागका सचिव माधव ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा गत वर्षको माघदेखि चैतसम्म सञ्चालन गरिएको वडा केन्द्रित ग्रास रुट अभियानका कारण पार्टी गतिविधि बढेको, मातहतका अधिकांश पार्टी कमिटीको अधिवेशन भएको, पार्टी सदस्यता नवीकरण र विस्तारमा उल्लेख्य प्रगति भएको जनाइएको छ । 

‘जनतासँग पार्टी नेता र कार्यकर्ताको सम्बन्धमा सुधार आएको छ । जनसङ्गठनका महाधिवेशन र अधिवेशनहरू भएका छन्, उनीहरू क्रमशः आफ्नो समुदायमा स्थापित हुँदै गएको देखिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अभियानले जिम्मेवारी पाएका नेता कार्यकर्ताको सक्रियता बढाएको र निर्णय कार्यान्वयनमा सुधार आएको महसुस भएको छ ।’
    
विज्ञप्तिमा उल्लेख गरिएअनुसार सो अवधिदेखि हालसम्म करिब ९८ प्रतिशत पालिका कमिटीका अधिवेशन भएको, ८५ प्रतिशत वडाका अधिवेशन भएको र करिब १७ हजारमध्ये १० हजारभन्दा बढी टोल कमिटीहरू गठन गरिएको छ । 

विभागले महाधिवेशन तथा अधिवेशनहरूमा जिम्मेवारी नपाएर बाहिर रहेका नेताहरूलाई अविलम्ब जिम्मेवारी दिन पार्टी नेतृत्वसँग अनुरोध गर्ने निर्णय गरेको छ । 

एमालेका २३ वटा जनसङ्गठनका महाधिवेशन सम्पन्न भएका छन् । पार्टीका ७७ जिल्लामध्ये ४९ वटामा निर्वाचन र २८ वटामा सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ३५ बजे

राप्रपाले डाक्यो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा