गृहका पाँच सहसचिव सरूवा : अध्यागमन विभागमा तिवारी, त्रिभुवन विमानस्थलमा घिमिरे « Khabarhub

गृहका पाँच सहसचिव सरूवा : अध्यागमन विभागमा तिवारी, त्रिभुवन विमानस्थलमा घिमिरे


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्रालयले अध्यागमन विभागका महानिर्देशक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित पाँच सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले अध्यागमन विभागको महानिर्देशक रामचन्द्र तिवारीलाई बनाएको छ। अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा नरहरि घिमिरेलाई पठाइएको छ ।

तिवारीलाई अध्यागमन विभाग गएपछि गोविन्दप्रसाद रिजाललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

त्यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई मन्त्रालयमा तानिएको छ। उनको स्थानमा सहसचिव घिमिरेलाई पठाइएको हो।

घिमिरे अहिले खोटाङका प्रमुख जिल्ला अधिकारी छन्। उनी त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ता थिए । मन्त्रालयबाट सहसचिव कल्पना श्रेष्ठलाई खोटाङको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ५३ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल