झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता « Khabarhub

झापा प्रशासनको सार्वजनिक सुनुवाइ : जनगुनासो सुधार्ने प्रतिबद्धता


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– जिल्लामा सुशासन, पारदर्शीता र जवाफदेहिताको अभिवृद्धि गर्न जिल्ला प्रशासन कार्यालय झापाले आज आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा जनताका गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । 

सदरमुकाम चन्द्रगढीमा सम्पन्न कार्यक्रममा जिल्लाभित्रका प्रमुख सेवा प्रदायक सरकारी कार्यालय प्रमुखहरूले जनताका गुनासा यथासक्य चाँडो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा सहभागी स्थानीय नागरिक, सरोकारवाला र सेवाग्राहीले प्रशासनसँग प्रत्यक्ष संवाद गर्दै विभिन्न गम्भीर समस्या र गुनासो प्रस्तुत गरेका छन् । 

सुनुवाइमा उठाइएका प्रमुख विषयमा लागूऔषध दुर्व्यसन तथा कारोबार, विर्तामोड–चन्द्रगढी सडक निर्माणमा भइरहेको ढिलाइ, मालपोत तथा नापी कार्यालयमा विचौलियाको बिगबिगी र कर्मचारीको भ्रष्ट मनोवृत्ति, गर्मी बढेपछि नियमित विद्युत् आपूर्तिमा अवरोध, चन्द्रगढी बजार क्षेत्रमा पार्किङ अव्यवस्था र किसानलाई मल, बीउ र उत्पादनको उचित मूल्य नपाउनुलगायत विषय रहेका थिए । 

सुनुवाइका क्रममा उठेका सवालमा सम्बन्धित निकायका प्रमुखहरूले प्रत्यक्ष जवाफ दिएका थिए । उनीहरूले जनगुनासो गम्भीर भएको स्वीकार गर्दै आवश्यक सुधारका प्रतिबद्धता जनाएका छन ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सेवा प्रवाहमा उत्तरदायी र पारदर्शिता कायम गर्न यस्तो सुनुवाइ कार्यक्रमले सहयोग पुग्ने उल्लेख गरे। 

उनले नागरिकबाट उठेका सवालका आधारमा समस्याको समाधान खोजिने र जिल्लाका सबै सरकारी निकायलाई जवाफदेही बनाउने दिशामा प्रशासन प्रतिबद्ध रहेको स्पष्ट पारे । कार्यक्रममा नागरिक समाज, व्यवसायी, स्थानीय जनता, पत्रकार र अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ५ : ५४ बजे

वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थ र सवारीसाधन आयातमा निर्भर

वीरगञ्ज – वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पाँच महिनामा

७५० केजी गाँजासहित दुई जना पक्राउ

उदयपुर– उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकामा पर्ने मदन भण्डारी सडकबाट ७५०

थाइल्यान्ड र क्याम्बोडियाबीच शान्ति सम्झौता

एजेन्सी– थाइल्यान्ड र क्याम्बोडियाले शनिबार तत्काल युद्धविराममा सहमति जनाएका छन्

गोरु पाल्ने किसानलाई बिहादी गाउँपालिको अनुदान

पर्वत– जिल्लाको बिहादी गाउँपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान प्रदान

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल