वरिष्ठ अभिनेता तथा निर्माता धीरज कुमारको निधन, भारतीय मनोरञ्जन उद्योगमा शोकको छायाँ « Khabarhub

वरिष्ठ अभिनेता तथा निर्माता धीरज कुमारको निधन, भारतीय मनोरञ्जन उद्योगमा शोकको छायाँ


३१ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला दिनहरूमा भारतीय फिल्म तथा टेलिभिजन उद्योगले एकपछि अर्को गर्दै विशिष्ट कलाकारहरू गुमाउनु परेका छन् । 

शेफाली जरिवाला, कोटा श्रीनिवास राव र बी. सरोजा देवीको निधनपश्चात् अब उद्योगले अर्का एक वरिष्ठ अभिनेता तथा निर्माता धीरज कुमारको निधनसँगै गहिरो शोक व्यक्त गरिरहेको छ । 

भारतीय मिडिया पिङ्कभिल्ला अनुसार ७९ वर्षका कुमार केही समयदेखि निमोनियाबाट पीडित थिए र मुम्बईको कोकिलाबेन धीरुभाई अम्बानी अस्पतालमा उपचाररत थिए । अस्पतालमा गहन उपचारका बाबजुद उनी आज मंगलबार बिहान निधन भएको अस्पताल स्रोतहरूले पुष्टि गरेका छन्।  

धीरज कुमारको करियरको सुरुआत सन् १९६५ मा भएको थियो, जब उनले राजेश खन्ना र सुभाष घाइसँगै एउटा प्रतिष्ठित प्रतिभा खोज प्रतियोगितामा भाग लिएका थिए  । 

यद्यपि राजेश खन्ना विजेता बने, कुमार उत्कृष्ट प्रतिस्पर्धीहरूमध्ये एक रहँदै अभिनय यात्रा थाले। उनले १९७० र ८० को दशकमा रोटी कपडा और मकान, स्वामी, बेजुबान जस्ता चर्चित हिन्दी चलचित्रहरूमा अभिनय गरे ।

त्यस्तै, १९७० देखि १९८४ सम्म उनले २० भन्दा बढी पञ्जाबी चलचित्रहरूमा समेत अभिनय गरे ।

अभिनयको सफल यात्रा पछाडि कुमारले टेलिभिजन उद्योगतर्फ पाइला टेके र निर्माता रूपमा नयाँ अध्याय सुरु गरे। उनले ‘क्रिएटिभ आइ’ नामक प्रोडक्सन हाउस स्थापना गरे र मिली, कहाँ गए वो लोग, मायका, तथा लोकप्रिय कोर्टरुम ड्रामा अदालत  जस्ता कार्यक्रमहरू निर्माण गरे । 

सन् २००० को दशकको सुरुवाततिर उनले उत्पादन गरेका शोहरूले भारतीय टेलिभिजन सामग्रीमा नयाँ उचाइ थपे।

धीरज कुमारको निधनले भारतीय मनोरञ्जन उद्योगले एक बहुआयामिक प्रतिभा गुमाएको महसुस गरिरहेको छ। 

प्रकाशित मिति : ३१ असार २०८२, मंगलबार  ६ : ५१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको