रुस-युक्रेन युद्ध : आज ट्रम्प र पुटिनले वार्ता गर्दै « Khabarhub

रुस-युक्रेन युद्ध : आज ट्रम्प र पुटिनले वार्ता गर्दै


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

अलास्का- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीचमा शुक्रबार अलस्कामा भेटवार्ता हुँदैछ। लामो समयदेखि जारी रुस-युक्रेन युद्ध अन्त्यका लागि यसलाई शान्ति वार्ताको रुपमा लिइएको छ।

पुटिनले वार्तामा सकेसम्म धेरै भू-भागको चाहना गरेका छन्। यसैगरी, ट्रम्पले अन्तर्राष्ट्रिय दबाबको सिर्जना गर्दै रुसलाई युद्ध विराम गर्न बाध्य बनाउने प्रयास गर्ने छन्।

ट्रम्प र पुटिनको वार्ता अलास्कामा हुन लागेको हो। अलास्का १९ औँ शताब्दीमा रुसले अमेरिकालाई बेचेको थियो। अहिले युक्रेनका डोन्सटक, लुहान्सक, झाम्पोझारिया र खेर्सनका धेरै भूभाग रुसले कब्जामा लिइसेकेको छ। यो वार्तामार्फत् ती प्रान्तमा युक्रेनकै अधीनमा रहेका भूमि पनि रुसले आफू लिन चाहन्छ। युक्रेनका लागि यो अस्वीकार्य हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन । फाइल तस्बिर एपी

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेको सबै जमिन दिन आफू तयार नभएको बताइसकेका छन्। अमेरिका सहमत भइसकेको विषयमा जेलेन्स्की असफल भएमा युक्रेनलाई गरिएको सबै सहयोग रोक्का हुने त्रास पनि त्यत्तिकै छ। युक्रेनमा रहेको त्यसै त्रासको लाभ उठाउने प्रयास रुसको छ।

यो वार्तामार्फत् रुस र अमेरिका बीचको आर्थिक सम्बन्ध पनि सुमधुर हुने सम्भावना देखिएको छ। अहिले हरेक दिन रुसी सेना युक्रेनको भूभागमा अघि बढीरहे पनि त्यहाँको अवस्था फेरिएको छ। रुसको आर्थिक अवस्था कमजोर बनेको छ। तेल र ग्यासबाट हुने आम्दानी घटेको छ।

दोस्रो पटक अमेरिकाको राष्ट्रपतिका लागि भएको चुनावी अभियानको क्रममा ट्रम्पले रुस र युक्रेनमा शान्ति स्थापना हुने बताएका थिए। जनवरी महिनादेखि उनले यसका लागि प्रयास गरे पनि निराशा मात्र हात लागेको थियो।

फेब्रुअरी महिनामा ह्वाइट हाउसमै भएको भेटमा ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाभन भएको थियो। उनले छोटो समयका लागि युक्रेनमा गर्दै आएको सैन्य सहयोग र गुप्तचर साझेदारी रोकेका थिए। पछिल्ला केही साता भने ट्रम्प रुसी राष्ट्रपति पुटिनसँग रुष्ट थिए। वार्ता सफल बनाउन पछिल्लो साता भने ट्रम्प युरोपेली नेतासँगको छलफलमा व्यस्त भए।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ५२ बजे

एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, नेताहरूलाई तोकियो जिम्मेवारी 

काठमाडौँ– नेकपा एमालेले केन्द्रीय सदस्यहरूलाई पार्टीको गुमेको साख फर्काउँदै आगामी

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा