खाली पेटमा सौंफको पानी पिउनुहोस्, यस्ता छन् फाइदा  « Khabarhub

खाली पेटमा सौंफको पानी पिउनुहोस्, यस्ता छन् फाइदा 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको समयमा, स्वास्थ्यको ख्याल गर्नु सबैभन्दा महत्त्वपूर्ण भएको छ। यस्तो अवस्थामा आयुर्वेदको परम्परागत विधि जसअनुसार बिहान खाली पेटमा सौंफको पानी पिउनाले तपाईंको पाचन प्रणाली र हर्मोन सन्तुलनमा सुधार गर्न मद्दत गर्न सक्छ। 

सौंफलाई आयुर्वेदमा एक प्रभावकारी औषधि मानिन्छ, जुन शरीरबाट विषाक्त पदार्थहरू हटाउन र डिटक्सिफिकेशनमा प्रभावकारी हुन्छ।

पाचन प्रकियामा प्रभावकारी

पेटको ग्याँस, ब्लोटिंग, एसीडीटी र कब्जियतजस्ता समस्यालाई हटाउन सौंफले फाइदा गर्छ। बिहान खाएपछि चपाएर वा यसको पानी पिउनाले पाचन प्रणालीलाई बलियो बनाउँछ र शरीरलाई डिटक्सिफिकेसन बनाउँछ।

महिलाहरूको लागी लाभदायक

महिलाको स्वास्थ्यका लागि पनि सौंफ लाभदायक हुन्छ । यसले स्तनको दूध बढाउन, महिनावारीको दुखाइ कम गर्न र हर्मोन सन्तुलन कायम राख्न मद्दत गर्छ। आयुर्वेदमा यसलाई त्रिदोषिक जडिबुटी भनिन्छ, जुन शरीर र मानसिक स्वास्थ्य दुवैको लागि राम्रो हुन्छ।

तौल घटाउनमा सहयोगी

आयुर्वेदका अनुसार, सौंफले मेटाबोलिज्मलाई गति दिन्छ, भोक नियन्त्रण गर्छ र पेट फुल्ने समस्यालाई कम गर्छ। 

आधुनिक विज्ञानको दृष्टिकोण

वैज्ञानिक अध्ययनका अनुसार सौंफमा पाइने एन्टिअक्सिडेन्टले शरीरको अक्सिडेटिभ तनावलाई कम गर्छ, जसले गर्दा कोशिकाहरूलाई हुने क्षतिलाई रोक्छ। यसले मधुमेह, मुटु रोग र क्यान्सरजस्ता रोगको जोखिम पनि कम गर्छ। यसको अतिरिक्त यो इर्रेगुलर बाउल सिंड्रोमबाट राहत प्रदान गर्न पनि उपयोगी छ।
 
सौफको पानी बनाउने सजिलो तरिकाः

– राती एक वा दुई चम्चा सौंफ पानीमा भिजाएर बिहान पिउनुहोस् ।
– सौंफलाई हल्का पिस्नुहोस् र दुई कप पानीमा उमाल्नु होस् र जब आधा घट्यो, छान्नुहोस् र तातो पिउनुहोस्।

बिहान खाली पेटमा सौंफको पानी पिउनु सबैभन्दा लाभदायक मानिन्छ किनकि यसले हाइड्रेशन बढाउँछ, पाचन आगोलाई तीव्र बनाउँछ र विषाक्त पदार्थहरूलाई बाहिर निकाल्छ।

सावधानी :
गर्भावस्था, हर्मोनल असन्तुलन, एपिलेप्सी र रगत पातलो पार्ने औषधिको साथसाथै केही अवस्थाहरूमा सौंफको सेवन सावधानीपूर्वक गर्नुपर्छ। यस्तो अवस्थामा डाक्टरको सल्लाह आवश्यक छ। सौफ र अजवाइन मिसाएर खाँदा पनि धेरै स्वास्थ्य लाभ हुन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ७ : १४ बजे

गृहमन्त्री गुरुङले बुझे ‘जेनजी’ आन्दोलनका घाइतेको अवस्था

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको

गृहमन्त्री सुधन गुरुङ कार्यकक्षको सोफामै सुते

काठमाडौँ – निरन्तर काममा खटेका गृहमन्त्री सुधन गुरुङ मन्त्रालयमै आराम

एमालेको ‘घाम’ मा ‘बादल’ को छाया

काठमाडौँ – गठबन्धनको ‘गाउँ खाने कथा’ एमालेको ‘घाम’ माथि ‘कालो

भारत-नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौँ – भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

एमाले सचिवालय बैठक बस्दै : बादलको ‘विवादास्पद’ अभिव्यक्तिबारे छलफल हुने

काठमाडौँ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै