शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ठगी मुद्दा दर्ता : ६० करोड ठगीको आरोप « Khabarhub

शिल्पा शेट्टी र राज कुन्द्राविरुद्ध ठगी मुद्दा दर्ता : ६० करोड ठगीको आरोप


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी र उनका पति, व्यापारी राज कुन्द्रा ६० करोड रुपियाँभन्दा बढी ठगी गरेको आरोपमा चर्चामा छन्। व्यापारी दीपक कोठारीले दर्ता गराएको उजुरीका अनुसार, सन् २०१५ देखि २०२३ सम्म उनीहरूले व्यवसाय विस्तारको नाममा रकम उठाएर व्यक्तिगत खर्चमा प्रयोग गरेको उनको आरोप छ ।

लोटस क्यापिटल फाइनान्सियल सर्भिसेस लिमिटेडका निर्देशक दीपक कोठारीका अनुसार, सन् २०१५ मा अभिनेत्री शिल्पा र राजले एक मध्यस्थमार्फत आफ्नो कम्पनी बेस्ट डिल टिभी प्रा. लि. का लागि ७५ करोड रुपियाँ ऋणको प्रस्ताव गरे। सुरुमा १२ प्रतिशत ब्याजदरमा ऋणको कुरा भए पनि पछि यसलाई लगानीको रूपमा दिन आग्रह गर्दै मासिक आम्दानी र मूलधन फिर्ता गर्ने आश्वासन दिइएको थियो।

दीपकका अनुसार, उनले अप्रिल २०१५ मा शेयर सब्सक्रिप्सन सम्झौताअन्तर्गत ३१.९५ करोड र सेप्टेम्बर २०१५ मा पूरक सम्झौताअन्तर्गत २८.५३ करोड पठाए। कुल रकम बेस्ट डिल टिभीको बैंक खातामा जम्मा भएको भए पनि, बारम्बार रकम फिर्ता माग्दा असफल भएको र रकम दम्पतीले व्यक्तिगत फाइदाका लागि खर्च गरेको आरोप लगाइएका छन्।

हाल आर्थिक अपराध शाखाले उक्त रकम सम्बन्धी वित्तीय कारोबार, सम्झौता र दुरुपयोगको विस्तृत अनुसन्धान गरिरहेको छ।
यसबीच, शिल्पा र राजका वकिल प्रशान्त पाटिलले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘हामीलाई केही मिडियाबाट मात्र थाहा भएको हो कि आर्थिक अपराध शाखामा हाम्रा क्लाइन्टविरुद्ध उजुरी दर्ता भएको छ। सुरुमा नै स्पष्ट पार्न चाहन्छु- ‘यी सबै आरोप पूर्ण रूपमा झुट्टा हुन्। यो केवल नागरिक विवाद हो, जसको फैसला मुम्बई राष्ट्रिय कम्पनी कानून न्यायाधिकरणले ०४-१०-२०२४ मा गरिसकेको छ।’

उनले थपे, ‘यो पुरानो लेनदेन हो, जसमा कम्पनी आर्थिक संकटमा फस्यो र लामो कानुनी प्रक्रियामा अड्कियो। यसमा कुनै आपराधिक पक्ष छैन। हाम्रो पक्षबाट आर्थिक अपराध शाखाले मागेका सम्पूर्ण प्रमाण, नगद प्रवाह विवरणसहित, बुझाइसकिएको छ। यो लगानी सम्झौता शुद्ध रूपमा इक्विटी इनभेष्टमेन्टको स्वरूपको हो।’

पाटिलले यो मुद्दालाई ‘पूर्ण रूपमा आधारहीन र दुराशयपूर्ण’ भन्दै भने, ‘कम्पनीलाई पहिल्यै लिक्विडेसन आदेश मिलिसकेको छ र यो विवरण प्रहरीले समेत पाएको छ। हाम्रा चार्टर्ड अकाउन्टेन्टले विगत एक वर्षमा १५ भन्दा बढी पटक प्रहरी कार्यालय पुगेर सबै प्रमाण बुझाइसकेका छन्। यो मुद्दा केवल हाम्रो क्लाइन्टको छवि बिगार्ने षड्यन्त्र हो, र यसका विरुद्ध हामीले कानुनी कारबाही सुरु गरिसकेका छौं।’

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ७ : ३४ बजे

आठ महिनामा सोह्र औषधि पसल निलम्बनमा

नेपालगन्ज– औषधि व्यवस्था विभाग, नेपालगन्जले आठ महिनाको अवधिमा १६ औषधि

इनिशा विक हत्या प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

काठमाडौं– बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न

किसानलाई पतिङर सोहोर्ने चटारो

महोत्तरी- अहिले पूर्वपश्चिम राजमार्गको दायाँबायाँ वनक्षेत्रमा पतिङर सोहोर्न महोत्तरीको उत्तरी

असिनाले फलफूल र तरकारी बालीमा क्षति

गण्डकी– असिनाका कारण पोखराका विभिन्न भू-भागमा तरकारी तथा फलफूल खेतीमा

एन्फा गेट अगाडि क्लबहरूको नाराबाजी : मनपरी तालिका मान्य छैन

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकलौटी तवरले सहिद स्मारक