स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो  « Khabarhub

स्वस्तिक लघुवित्तको आईपीओ खुल्यो 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबारबाट सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गरेको छ । 

कम्पनीले जारी पुँजीको ४० प्रतिशत हुन आँउने २ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर निष्कासन गरिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख ३१ हजार कित्ता शेयर निष्काशन गरेको छ । 

निष्कासन गर्नेमध्ये ०.५० प्रतिशत हुन आउने १ हजार १५५ कित्ता शेयर कर्मचारीहरूलाई र ५ प्रतिशत हुन आउने ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि, १० प्रतिशतले हुन आउने २३ हजार १०० कित्ता शेयर श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका खुलाएर बाँडफाँड गरिएको छ । 

बाँकी १ लाख ९५ हजार १९५ कित्ता साधारण सेयरहरू सर्वसाधारणका लागि शुक्रबारबाट आईपीओ खुल्ला गरिएको हो । 
लघुवित्तको जारी पूँजी ५ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको छ । 

आईपीओमा भदौ ३ गतेसम्म आवेदन दिन सकिने छ । ३ गतेसम्म पनि पुरा आवेदन नपरेको खण्डमा भदौ १३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

आईपीओ निष्काशनका लागि असार ५ गते नेपाल धितोपत्र बोर्डले अनुमति दिएको थियो । लघुवित्तको केन्द्रिय कार्यालय सिरहा जिल्लाको लहान नगरपालिका–८ मा रहेको छ । 

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ९ : ३४ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो