विराज स्टारर ‘राम नाम सत्य’ चैत २७ मा आउने « Khabarhub

विराज स्टारर ‘राम नाम सत्य’ चैत २७ मा आउने


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वर्ष प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘१२ गाउँ’को सिक्वेल निर्माणलाई थाती राख्दै नायक विराज भट्टले फिल्म ‘राम नाम सत्य’ साइन गरेका हुन् ।

यो फिल्मको बिहीबार लतिपुरको बंगालमुखी मन्दिरमा शुभमुहूर्त भएको छ । स्क्रिप्ट पूजापछि निर्माण पक्षले फिल्मको पहिलो पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा विराजलाई फिचर्ड गरिएको छ । क्रोधित मुद्रामा रहेका उनको शरीर रगतले लतपतिएको छ । उनले देब्रे खुट्टाले एक व्यक्तिको लास कुल्चिएका छन् । उनको वरवर केही व्यक्तिहरु ढलेका छन् । केहीलाई झुण्डाइएको छ ।

अर्थात्, फिल्ममा एक्सन खुराकहरु भरिपूर्ण रहेको पोस्टरले संकेत गरेको छ ।

यही पोस्टरमार्फत् निर्माण पक्षले फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा प्रदर्शन मिति चैत २७ लाई तोकिएको छ ।

फिल्ममा ‘राम नाम सत्य’मा विराजसहित सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी र अर्पण थापा मुख्य भूमिकामा रहेको बताइएको छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा बन्ने यो फिल्मका लेखक तथा निर्देशक माइकल चन्द हुन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ११ : २७ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले