स्थानीय स्रोतको सही प्रयोग र परिचालन गरे देश आत्मनिर्भर हुन समय लाग्दैन : प्रचण्ड  « Khabarhub

स्थानीय स्रोतको सही प्रयोग र परिचालन गरे देश आत्मनिर्भर हुन समय लाग्दैन : प्रचण्ड 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय स्रोतको सही रूपमा प्रयोग र परिचालन गर्न सके देश आत्मनिर्भर हुन धेरै समय नलाग्ने बताएका छन् । 

शुक्रबार भक्तपुरको चाँगुनारायणमा आयोजित सिटी एभोकाडो सिटी अभियानको समापन कार्यक्रममा प्रचण्डले सिर्जनात्मक ढंगले स्थानीय स्रोत र साधनको सदुपयोग गर्न सके देश आत्मनिर्भर हुन धेरै समय नलाग्ने बताएका हुन् ।

उनले स्थानीय तहबाटै विकासको मौलिक मोडेल निर्माण गर्नु आवश्यक रहेकोमा समेत जोड दिए । आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रियाबाट मात्र देशलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ । 

प्रचण्डले स्थानीय स्तरबाटै आफ्नो वस्तुस्थिति बुझेर योजना बनाई भएका सम्भावनाहरूको अधिकतम सदुपयोग गरे मात्र देश आत्मनिर्भर बन्ने बाटोमा लाग्नुपर्ने धारणा राखे । 

सकारात्मक सोचका साथ रचनात्मक काम अघि बढाउन सकिएमा देशमै रोजगार सृजना भई उत्पादकत्व वृद्धि हुने र  विदेश जाने संस्कृतिलाई निरुत्साहित गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १ : १२ बजे

विश्वकप गोलकर्ता : मेसीलाई पछ्याउँदै एम्बाप्पे, हालान्ड र भिनिसियस

काठमाडौँ – फिफा विश्वकपको शीर्ष गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान तथा

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्