स्थानीय स्रोतको सही प्रयोग र परिचालन गरे देश आत्मनिर्भर हुन समय लाग्दैन : प्रचण्ड  « Khabarhub

स्थानीय स्रोतको सही प्रयोग र परिचालन गरे देश आत्मनिर्भर हुन समय लाग्दैन : प्रचण्ड 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थानीय स्रोतको सही रूपमा प्रयोग र परिचालन गर्न सके देश आत्मनिर्भर हुन धेरै समय नलाग्ने बताएका छन् । 

शुक्रबार भक्तपुरको चाँगुनारायणमा आयोजित सिटी एभोकाडो सिटी अभियानको समापन कार्यक्रममा प्रचण्डले सिर्जनात्मक ढंगले स्थानीय स्रोत र साधनको सदुपयोग गर्न सके देश आत्मनिर्भर हुन धेरै समय नलाग्ने बताएका हुन् ।

उनले स्थानीय तहबाटै विकासको मौलिक मोडेल निर्माण गर्नु आवश्यक रहेकोमा समेत जोड दिए । आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने प्रक्रियाबाट मात्र देशलाई समृद्ध बनाउन सकिने उनको भनाइ छ । 

प्रचण्डले स्थानीय स्तरबाटै आफ्नो वस्तुस्थिति बुझेर योजना बनाई भएका सम्भावनाहरूको अधिकतम सदुपयोग गरे मात्र देश आत्मनिर्भर बन्ने बाटोमा लाग्नुपर्ने धारणा राखे । 

सकारात्मक सोचका साथ रचनात्मक काम अघि बढाउन सकिएमा देशमै रोजगार सृजना भई उत्पादकत्व वृद्धि हुने र  विदेश जाने संस्कृतिलाई निरुत्साहित गर्न सकिने उनले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १ : १२ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६