वामदेवलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता, नौ जनालाई बनाइयो केन्द्रीय सदस्य « Khabarhub

वामदेवलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता, नौ जनालाई बनाइयो केन्द्रीय सदस्य


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले वामदेव गौतमलाई पार्टीको तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको छ ।

आलोकनगरस्थित केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो । 

यसअघि नै उनलाई पार्टीमा ल्याउँदा तेस्रो वरीयता दिने समझदारी बनेको थियो ।

सचिवालय बैठकले गौतमसँगै पार्टीमा आएका तीन नेतालाई पोलिटब्युरो सदस्य र नौ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णयसमेत गरेको छ । 

सचिवालयले डीबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्युरो सदस्य र विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी, राधेश्याम गुप्ता, रवीन्द्र बम, इमानसिंह भारती, भगवती विष्ट, दुर्गादत्त भण्डारी, तोफा यादव, तथा मोहमद शेर बागवानलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

यसअघि वामदेवले आफूलाई गतिलो जिम्मेवारी चाहिने अडान राख्दै आएका थिए । उनले संगठन विभाग प्रमुखको जिम्मेवारी आफूलाई दिन माग गरिरहेका थिए । तेस्रो वरीयता पाए पनि उनलाई अहिलेसम्म विभागीय जिम्मेवारी भने दिइएको छैन ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १ : १० बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ