बनेपामा एक सय २३ वर्ष पुरानो ‘कन्या–पूजा’ « Khabarhub

बनेपामा एक सय २३ वर्ष पुरानो ‘कन्या–पूजा’


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– प्राचीन एवं ऐतिहासिक महत्त्व बोकेको बनेपामा एक सय २३ वर्षअघि ‘कन्या–पूजा’ (रजस्वला नभएका दश वर्षमुनिका कन्यालाई) हुँदै आएको छ । उक्त परम्परालाई यस वर्ष पनि निरन्तरता दिन थालिएको छ । 

यस कार्यमा विसं १९५९ देखि बर्सेनि बनेपाली जुट्दै आएका छन् । बनेपाको पुरानो बजारमा वर्षैपिच्छे सप्तमी र कृष्ण जन्माष्टमीका दिन दुई दिन पूजा गरिन्छ । सप्तमी अर्थात् बिहीबार नेवाः कन्या–पूजाको नाममा टिकट दिएर बनेपा नगरपालिका–८ दक्षुटोलमा कन्या–पूजा आयोजना गरियो । 

कृष्ण जन्माष्टमीको दुई दिनअघि गरिने उक्त पूजामा भने बर्सेनि करिब दुई हजारदेखि दुई हजार पाँच सय कन्या सहभागी हुने गर्दछन् । 

सनातन कन्या–पूजा प्रबन्ध समितिमार्फत कन्यापुजन हुँदै आएको छ । नेपालको काभ्रेपलान्चोकबाहेक अन्य स्थानमा यस्तो पूजा गरिँदैन । 

यस वर्ष कृष्ण जन्माष्टमीका दिन शनिबार कन्या–पूजा गरिने तयारी सकिएको समितिले जनाएको छ । रजस्वला नभएका तथा ‘बेल–विवाह’ नगरिएका कन्यालाई पुज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहिआएको छ । 

उक्त पूजामा सहभागी हुने करिब आठ हजार कन्याका लागि ३२ हजार स्वारीसहितका सामग्री तयार गरिएको समितिले जनाएको छ । 

समितिका सचिव प्रकाश कायस्थका अनुसार कन्या पुज्नका लागि आवश्यक सामग्री तथा पुज्ने व्यक्ति तय भइसकेका छन् । बनेपामा आसपासका ‘सात गाउँ’का कन्यालाई पूजा गरिँदै आइएको छ । यो परम्परालाई व्यवस्थित गर्न समिति गठन गरिएको छ । 

कृष्ण जन्माष्टमीको दिनमा गरिने कन्या–पूजामा काभ्रेपलाञ्चोकलगायत तथा छिमेकका जिल्लाबाट बर्सेनि करिब आठदेखि दश हजार कन्या सहभागी हुन्छन् । 

बनेपा नगरको भोलाखाँ टोलदेखि लायकु दरबार तथा पुरानो बजार हुँदै चार दोबाटोसम्म सडकको दायाँबायाँ पेटीमा रजस्वला नभएका कन्या लस्करै बस्छन् । 

जनविश्वासका कारण पनि कन्यालाई पुज्नेको ठूलो भीड हुने गर्दछ । त्यस दिन कन्यालाई पुज्न काठमाडौँ, भक्तपुर र ललितपुर तथा छिमेकी जिल्लाबाटसमेत भक्तजन आउने गरेका छन् । 

कन्या–पूजामा समितिमार्फत एक सय ३५ जना भक्तजनले दानदक्षिणा तथा प्रसाद, स्वारी र मालपुवा, पैसा, जेरी, बिस्कुट, छोकडा, काजु एवं विभिन्न प्रकारका मिठाइ वितरण गर्दछन् । 

पूजामा सामेल प्रत्येक कन्याको टाउकोमा शुद्ध तोरीको तेल खन्याएर देवीसरह रातो टिका लगाइदिने प्रचलन पनि छ । बनेपामा हुने कन्या–पूजामाप्रति कन्या पाँच सय रुपैयाँ बराबरका सामग्री उपलब्ध गराइन्छ । 

गत वर्ष पनि करिब आठ हजार कन्याका लागि तीन करोड रुपैयाँभन्दा बढी खर्च भएको समितिका उपाध्यक्ष सुरकृष्ण वैद्यले जानकारी दिए । रासस

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १ : ३० बजे

फिल्म ‘लालिमा’को टिजर सार्वजनिक

काठमाडौं – फागुन २९ गते प्रदर्शन मिति तोकिएको फिल्म ‘लालिमा’को

काठमाडौंको वायु प्रदूषण अझै अस्वस्थ

काठमाडौं- काठमाडौं उपत्यकाको वायु प्रदूषण आज पनि अस्वस्थको तहमा पुगेको

ग्यास अभावको गुनासो बढेपछि आयल निगमले टेकु कार्यालयबाट थाल्यो वितरण (तस्बिरहरु)

काठमाडौं- बजारमा खाना पकाउने ग्यासको अभाव भएको गुनासो बढेपछि नेपाल

डिजिटल पूर्वाधार सुरक्षामा श्रीलंकाको निर्णायक कदम

एजेन्सी– श्रीलंकाले बढ्दो डिजिटल जोखिम र प्रविधिसम्बन्धी अपराधलाई ध्यानमा राख्दै

निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरू बङ्गलादेशमा

एजेन्सी– बङ्गलादेशमा बिहिबारलाई तय भएको १३ औं आम चुनाव र