स्वतन्त्रता दिवसको मौका पारेर मोदीले घोषणा गरे ‘सुदर्शन चक्र मिसन’ « Khabarhub

स्वतन्त्रता दिवसको मौका पारेर मोदीले घोषणा गरे ‘सुदर्शन चक्र मिसन’


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै छ । बेलायती शासनबाट सन् १९४७ अगस्ट १५ का दिन स्वतन्त्रता प्राप्त गरेको सम्झनामा हरेक वर्ष भारतले स्वतन्त्रता दिवस मनाउँछ ।

स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित लाल किलाबाट सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले ‘सुदर्शन चक्र मिसन’ को घोषणा गरेका छन् । यो मिसनको मुख्य उद्देश्य आगामी दशकमा भारतको राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउनु रहेको उनको भनाइ छ ।

सम्बोधनका क्रममा आत्मनिर्भरतामा जोड दिएका प्रधानमन्त्री मोदीले भगवान् श्रीकृष्णको सुदर्शन चक्रबाट प्रेरणा लिएर सन् २०३५ सम्ममा भारतले आफ्नो सुरक्षा संरचनाको विस्तार, सुदृढीकरण र आधुनिकीकरण गर्ने लक्ष्य राखेको बताए । उनले राष्ट्रको सुरक्षालाई अभेद्य बनाउने दृढता पनि व्यक्त गरे ।

उनले भने, ‘आगामी दस वर्षमा, सन् २०३५ सम्ममा म राष्ट्रिय सुरक्षा कवचको विस्तार, सुदृढीकरण र आधुनिकीकरण गर्न चाहन्छु । भगवान श्रीकृष्णबाट प्रेरणा लिएर हामीले सुदर्शन चक्रको बाटो रोजेका छौँ ।’

महाभारतको प्रसंग निकाल्दै उनले भने, ‘जब महाभारतको युद्ध चलिरहेको थियो, तब सुदर्शन चक्रले शत्रुको नाश गरेको थियो । हामीले सुरु गर्न लागेको यो सुदर्शन चक्र मिसनले यस्तै शक्ति प्रदान गर्नेछ ।’ उनले यो प्रणालीको शोध, विकास र उत्पादन भारतमै हुनुपर्ने उनले उल्लेख गरे ।

यसका लागि भारतकै युवा प्रतिभाको उपयोग गर्नुपर्ने उनको भनाइ छ । यस प्रणालीले आतंकवादी हमलाको सामना गर्नुका साथै आतंकवादीमाथि कडा प्रहार पनि गर्ने उनले बताए ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  १ : ३६ बजे

अतिक्रमित जग्गा खोज्दै गुठी संस्थान

जनकपुरधाम– गुठी र गुठी संस्थानका अतिक्रमित जग्गाको खोजी सुरु भएको

ती बालेन, यी बालेन : मेयर हुँदा निहारिकाको साथमा, प्रधानमन्त्री हुँदा मुद्दा चलाउन हिरासतमा

काठमाडौं- न्याय माग्न खोज्दा गृहमन्त्री भेट्न नमानेको भन्दै निहारिका राजपुत

सरकारले शेयर खरिदबिक्री स्वीकार नगर्दा हतोत्साहित भयौँ : एनसेल

काठमाडौं– झन्डै तीन वर्षदेखि शेयर स्वामित्व परिवर्तनसम्बन्धी कारोबारलाई सरकारले मान्यता

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को काटिने

परोपकार प्रसूति अस्पतालमा ६२ औँ स्वस्थ शिशु प्रतिस्पर्धा आयोजना हुँदै 

काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीले ६२ औँ ‘स्वस्थ