लुम्बिनीमा विश्वशान्ति ध्यानमय पदयात्रा « Khabarhub

लुम्बिनीमा विश्वशान्ति ध्यानमय पदयात्रा


१० मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित पोखराबाट सुरु भएको मनोक्रान्ति विश्वशान्ति ध्यानमय पदयात्रा रूपन्देही आइपुगेको छ ।

विकासानन्द फाउन्डेसन विश्व परिवार, गण्डकी प्रदेशको आयोजनामा यही मङ्सिर ३ गते पोखरा–२३ स्थित इको स्पिरिचुअल योग आश्रम, बाराङबाट सुरु भएको पदयात्रा बुधबार बुटवल आइपुगेको हो ।

मनोक्रान्ति अभियानका नेता तथा आध्यात्मिक गुरु डा. योगी विकासानन्दले पदयात्रामार्फत प्रत्येक पाइलालाई ध्यानसँग जोड्दै मानसिक शान्ति, आत्मिक आनन्द र सकारात्मक सोचको अभ्यास गराइने बताए । उनले चक्रमण ध्यानले मनलाई वर्तमानमा केन्द्रित गर्न तथा विचारको चञ्चलता कम गर्न सहयोग पुग्ने धारणा राखे ।

करिब २२० किलोमिटर दूरीको पदयात्रामा नौमहिने ध्यान शिविरमा सहभागी २५ जनासहित ३६ जना साधकसाधिका सहभागी छन् । यो अभियानको दोस्रो संस्करण हो । यसअघि पोखराको आश्रमदेखि गोरखनाथ मन्दिरसम्म १२० किलोमिटर पदयात्रा गरिएको थियो ।

पदयात्राका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले डा. योगी विकासानन्दलाई कर्णेल उजिरसिंहको तस्बिरसहित सम्मान गरे ।

योगी विकासानन्द र गुरुआमा कमलेश्वर आनन्दलाई बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा जनप्रतिनिधि नरिश्वर शर्मा पौडेल, अभियन्ता नारायणप्रसाद घिमिरेलगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८३, बिहिबार  ७ : ५६ बजे

उत्कृष्ट उद्यमी सम्मानित

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा

लुम्बिनीमा विश्वशान्ति ध्यानमय पदयात्रा

रूपन्देही– विश्वशान्ति, आध्यात्मिक जागरण र ध्यानको सन्देश फैलाउने उद्देश्यसहित पोखराबाट

‘नेपथ्य’ को साङ्गीतिक प्रस्तुतिमा झुमे बेनीका दर्शक

म्याग्दी– चर्चित नेपाली साङ्गीतिक समूह ‘नेपथ्य’ले बुधबार साँझ म्याग्दीको सदरमुकाम

मेचीनगरलाई सडकआश्रित मानवमुक्त घोषणा गर्ने तयारी

झापा– मेचीनगर नगरपालिकालाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिने भएको

गण्डकी प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

बागलुङ– गण्डकी प्रदेश सरकारले बागलुङका २४२ ग्रामीण सडक एकैसाथ स्तरोन्नति