डेंगु संक्रमणबाट एक जनाको मृत्यु « Khabarhub

डेंगु संक्रमणबाट एक जनाको मृत्यु


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौंं– डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । 

काठमाडौं कालीमाटीका २४ वर्षीया एक युवतीको मृत्यु भएको अस्पतालले जनाएको छ । यस वर्ष नेपालमा डेंगु संक्रमणबाट मृत्यु भएको यो पहिलो केश हो ।

टेकुमा उपचाररत अन्य ४ जना संक्रमितको अवस्था सामान्य रहेको डा. समिर अधिकारीले जानकारी दिए ।  गत पुषदेखि हालसम्म नेपालमा डेंगु संक्रमितको संख्या २ हजार ९ सय ८४ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसिडिका अनुसार २४ घण्टामा थप २१ जना नयाँ संक्रमित थपिएका छन् भने एक सातामा १ सय ६८ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । 

देशका ७४ वटा जिल्लामा फैलिएको डेंगी सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ८२ जनामा देखिएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा ५५ जनामा देखिएको इडिसिडीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  २ : १३ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले