बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ? « Khabarhub

बागमतीमा बानियाँको १४ सदस्यीय मन्त्रिपरिषद्, कसलाई कुन मन्त्रालय ?


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारलाई विस्तार गरेर मन्त्रिमण्डल १४ सदस्यीय बनाएका हुन् ।

मुख्यमन्त्री बानियाँले सांसदहरू कञ्चनचन्द्र वादे, सुरेश श्रेष्ठ, उर्मिला नेपाल र बिनु रायमाझीलाई मन्त्री बनाएका हुन् । बानियाँको सिफारिसअनुसार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनीहरूलाई मन्त्री पदमा नियुक्त गरेका छन् ।

मन्त्री बनेकाहरूमध्ये वादे कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (ख) बाट, श्रेष्ठ भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट र तामाङ रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (क) बाट निर्वाचित सांसद हुन् ।

यस्तै कांग्रेस केन्द्रीय सस्दय नेपाल ललितपुरबाट र रायमाझी चितवनबाट समानुपातिकतर्फका सांसद हुन् । उनीहरूलाई मन्त्रात्रयसमेत तोकेर शुकबार नै शपथ ग्रहण गराइँदैछ । अपराह्न ४ बजे नवनियुक्त मन्त्रीहरूको शपथ हुनेछ । उनीहरू सबै बहादुरसिंह लामालाई हटाउन बानियाँलाई साथ दिएका सांसद हुन् ।

गठबन्धन सरकारमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ जना सरकारमा सहभागी भएका छन् । एमालेबाट ६ जनाले मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि नै कांग्रेसबाट मुख्यमन्त्री र अन्य दुईजना मन्त्रीमा नियुक्ति भएका थिए ।

गत साउन २० गते नियुक्त सांसद कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री बनाइएको थियो। शिवराज अधिकारीलाई बिनाविभागीय थिए । उनलाई शुक्रबार आन्तरिक मामिला तथा कानून मन्त्री बनाइएको छ ।

कसलाई कुन मन्त्रालय ?

(१) इन्द्रबहादुर बानियाँ : मुख्यमन्त्री – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

(२) मधुसूधन पौडेल : मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्रालय

(३) शिवराज अधिकारी : मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय

(४) किरण थापामगर : मन्त्री, स्वास्थ्य मन्त्रालय

(५) उर्मिला नेपाल : मन्त्री, युवा तथा खेलकुद मन्त्रालय

(६) कन्चनचन्द्र वादे : मन्त्री, सामाजिक बिकास मन्त्रालय

(७) डा. दिनेशचन्द्र देवकोटा : मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय

(८) प्रभात तामाङ : मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय

(९) भरतबहादुर केसी : मन्त्री, वन तथा वातावरण मन्त्रालय

(१०) सुरेश श्रेष्ठ मन्त्री, संस्कृति तथा पर्यटन मन्त्रालय

(११) जयराम थापा मन्त्री : श्रम, रोजगार तथा यातायात मन्त्रालय

(१२) कृष्णकुमार तामाङ : मन्त्री, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय

(१३) विन्दु श्रेष्ठ : मन्त्री उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय

(१४) विनु रायमाझी : पौडेल मन्त्री, सहकारी तथा गरिबी निवारण मन्त्रालय

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ३ : ५० बजे

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा