कहाँ र कहिले भेट्दैछन् ट्रम्प र पुटिन ? « Khabarhub

कहाँ र कहिले भेट्दैछन् ट्रम्प र पुटिन ?


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

अलास्का– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने उच्चस्तरीय शिखर सम्मेलनमा भेट हुँदैछ । यो भेटले युक्रेनको भविष्यमा निर्णायक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।

यो पुटिनको सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमणको आदेश दिएपछि पहिलो पटक पश्चिमी भूमिमा हुने भ्रमण हो । युद्धले दशौँ हजारको ज्यान लिइसकेको छ र रुसले अझै हार मानिसकेको छैन । सम्मेलनअघि नै रुसले केही सामरिक लाभ हासिल गरेको बताइन्छ ।

रुसी पक्षको सुझावमा ट्रम्पले पुटिनलाई निमन्त्रणा दिएका हुन् । तर उनले पुटिनले सम्झौता नगरे बैठक केही मिनेटमै सकिने चेतावनी दिएका छन् ।

युरोपेली नेताहरू र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले यसलाई नजिकबाट अवलोकन गर्नेछन्छ । जेलेन्स्कीलाई सम्मेलनमा समावेश गरिएको छैन र उनले रुसद्वारा कब्जा गरिएका भूभाग छोड्नुपर्ने ट्रम्पको दबाब अस्वीकार गरिसकेका छन् ।

ट्रम्पले यसलाई पुटिनलाई ‘परीक्षण गर्ने प्रारम्भिक बैठक’ भनेर व्याख्या गरेका छन् । उनले भने, “यदि बैठक राम्रो भएन भने तुरुन्तै सकिन्छ, तर राम्रो भए निकट भविष्यमै शान्ति आउन सक्छ ।” उनले सम्मेलन असफल हुने सम्भावना २५ प्रतिशत रहेको बताए ।

ट्रम्पले युरोपेली नेताहरू र जेलेन्स्कीसँग परामर्श गरी अन्तिम निर्णय त्रिपक्षीय बैठकमार्फत लिने आश्वासन दिएका छन् ।

विगतमा पुटिनप्रति सकारात्मक टिप्पणी गरेर आलोचना भोगेका ट्रम्पले यसपटक पुटिनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ट्रम्पले युद्धविराम नगरे ‘गम्भीर परिणाम’ हुने चेतावनी दिए पनि उनी पुटिनसँग अलास्कामा भेट्न सहमत भएका छन् ।

वार्ता शुक्रबार बिहान ११ः३० बजे (१९ः०० ग्रेनेच मिन टाइम) अर्थात् नेपाली समयअनुसार शनिबार सबेरै एक बजेर १५ मिनेटमा एल्मेन्डोर्फ एयर फोर्स बेसमा सुरु हुनेछ । यो बेस शीतयुद्धका बेला सोभियत गतिविधि निगरानीको प्रमुख केन्द्र थियो । अमेरिका रुसबाट सन् १८६७ मा अलास्का किनेको ऐतिहासिक पृष्ठभूमि पनि यस भेटमा जोडिएको छ ।

क्रेमलिनका अनुसार, दुवै नेताले प्रारम्भमा दोभाषे मात्रको उपस्थितिमा एक्लै भेट गर्नेछन् । त्यसपछि सहकर्मीहरूसँग संयुक्त छलफल गर्नेछन् । एन्कोरेज सहरमै सीमित रहने नेताहरूको बाहिर प्रदर्शनकारीहरूले युक्रेनसँग ऐक्यबद्धताको सन्देश देखाइरहेका छन् ।

पुटिनमाथि अन्तर्राष्ट्रिय फौजदारी अदालतको गिरफ्तारी वारेन्ट भए पनि अमेरिका हेगको सदस्य नभएकाले यसपटक भ्रमण सम्भव भएको हो । अमेरिकी अर्थ मन्त्रालयले अस्थायी रूपमा केही प्रतिबन्ध खुकुलो पारेर पुटिन र शीर्ष रूसी अधिकारीलाई बैंक कार्ड र यात्रा सुविधा उपलब्ध गराएको छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीका अनुसार, अलास्का भेट पुटिनका लागि ‘व्यक्तिगत विजय’ हो । यसले उनलाई अन्तर्राष्ट्रिय अलगावबाट निकाल्दै अस्थायी रूपमा प्रतिबन्ध खुकुलो गराएको छ ।

तर अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको माग गरेका छन् । यसलाई ट्रम्पले अघिल्लो कार्यकालको सुरुमा कम महत्त्व दिएका थिए ।

पूर्व अमेरिकी कूटनीतिज्ञ डानियल फ्रिडका अनुसार, ट्रम्पसँग पुटिनलाई दबाब दिने साधन छन्, तर पुटिनले अर्थहीन भए पनि नयाँ प्रस्तावमार्फत ट्रम्पको ध्यान भङ्ग गर्नसक्ने सम्भावना छ ।

-रासस

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : २५ बजे

एमाले सचिवालय बैठक : अल्पमतमा पर्दा पनि गल्ती स्वीकार्न तयार छैनन् ओली

काठमाडौं- फागुन २१ को निर्वाचनपछि पहिलो पटक बसेको नेकपा एमालेको

पाकिस्तानी प्रधानमन्त्री चीनमा, ‘साझा चासोका विषयमा’ छलफल हुने

बेइजिङ– इरान युद्धका कारण चार दिने भ्रमणका लागि पाकिस्तानका प्रधानमन्त्री

सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

नारायणगढ– भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घर

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए

काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको