पियोर इनर्जीको खुद नाफा ३ करोड १९ लाख, अन्य सूचक कस्तो ?  « Khabarhub

पियोर इनर्जीको खुद नाफा ३ करोड १९ लाख, अन्य सूचक कस्तो ? 


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पियोर इनर्जी लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । 

प्रकाशित विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ३ करोड १९ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी १ करोड ७५ लाख खुद घाटामा थियो । 

यस अवधिमा कम्पनीको विद्युत् बिक्रीको आम्दानी १९.२३ प्रतिशतले बढेर २५ करोड ९२ लाख पुगेको छ । कम्पनीले १ करोड ५१ लाखको अन्य आम्दानी पनि गरेको छ । 

विद्युत् बिक्रीको आम्दानी बढेकोको कारण कम्पनीको नाफामा गएको देखिन्छ । 

हालै आईपीओ निष्कासन गरेपछि कम्पनीको चुक्ता पुँजी ८० करोड पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४.७० रुपियाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १००.४८ रुपैयाँ रहेको छ । पियोर इनर्जी गोल्यान ग्रुप अन्तर्गतको सोलार कम्पनी हो । 

कम्पनीले बाँकेमा १० मेगावाटको दुई वटा सोलार आयोजना संचालन गरिरहेको छ । दुवै आयोजनाले २०८० सालदेखि नै व्यापारिक उत्पादन गरिरहेका छन् । 

२० मेगावाट क्षमता सहित पियोर इनर्जी हालसम्म सबैभन्दा धेरै सौर्य ऊर्जा उत्पादन गर्ने कम्पनी हो ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ४ : २६ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने