साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु « Khabarhub

साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ। 

नेपाली दूतावास रियादले शुक्रबार एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रीक लिइ राजदूत डा.नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरणलाई औपचारिकता दिएका छन् ।  

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम स्वीकृति बिना नै विदेशमा कार्य गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयासलाई धन्यवाद दिए । 

श्रम स्वीकृतिको अभावमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरू आफ्नो मुलुक फर्किन नसक्ने अवस्थाको सृजना हुनु मानवीय नाताले समेत उपयुक्त नभएकोले वैधानिकिकरण अभियान सुरु गर्नु परेको जानकारी दिए ।

साउदी अरेबीयासंग द्विपक्षिय श्रम समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिँदै मन्त्री भण्डारीले अबको सेवाहरू प्रविधिमा आधारित रहने जानकारी दिए । 

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभाव जस्ता विविध कारणले श्रम स्वीकृतिको अभावमा राज्यबाट प्रदान हुने सेवाबाट कुनै पनि नेपाली बञ्‍चित भएकोले दूतावासबाटै श्रम वैधानिकिकरण कार्य आवश्यक रहेको औँल्याए । 

राजदूत डा. ढकालले श्रम वैधानिकिकरण गर्ने कार्यलाई अभियानकै रूपमा सञ्चालन गरिने र यस कार्यमा विभिन्न सङ्घ संस्थाहरूको समन्वय र सहकार्यको लागि अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ०७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले