साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु « Khabarhub

साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकिकरण कार्य श्रावण ३० गतेबाट सुरु भएको छ। 

नेपाली दूतावास रियादले शुक्रबार एक समारोहको आयोजना गरी आठ बर्ष देखि रियादमा कार्यरत अजय दंगालको बायोमेट्रीक लिइ राजदूत डा.नरेश बिक्रम ढकालले श्रम वैधानिकिकरणलाई औपचारिकता दिएका छन् ।  

कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले श्रम स्वीकृति बिना नै विदेशमा कार्य गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयासलाई धन्यवाद दिए । 

श्रम स्वीकृतिको अभावमा वैदेशिक रोजगारमा रहेका श्रमिकहरू आफ्नो मुलुक फर्किन नसक्ने अवस्थाको सृजना हुनु मानवीय नाताले समेत उपयुक्त नभएकोले वैधानिकिकरण अभियान सुरु गर्नु परेको जानकारी दिए ।

साउदी अरेबीयासंग द्विपक्षिय श्रम समझदारी पत्रमा हस्ताक्षर हुने जानकारी दिँदै मन्त्री भण्डारीले अबको सेवाहरू प्रविधिमा आधारित रहने जानकारी दिए । 

मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले व्यक्तिगत, कानुनी वा जानकारीको अभाव जस्ता विविध कारणले श्रम स्वीकृतिको अभावमा राज्यबाट प्रदान हुने सेवाबाट कुनै पनि नेपाली बञ्‍चित भएकोले दूतावासबाटै श्रम वैधानिकिकरण कार्य आवश्यक रहेको औँल्याए । 

राजदूत डा. ढकालले श्रम वैधानिकिकरण गर्ने कार्यलाई अभियानकै रूपमा सञ्चालन गरिने र यस कार्यमा विभिन्न सङ्घ संस्थाहरूको समन्वय र सहकार्यको लागि अनुरोध समेत गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ०७ बजे

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने