सातामा नेप्से ६२ अङ्कले घट्दा रिपब्लिक मिडियाको शेयरमा उछाल « Khabarhub

सातामा नेप्से ६२ अङ्कले घट्दा रिपब्लिक मिडियाको शेयरमा उछाल


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शेयर बजार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा साउनको अन्तिम साता चार दिनमात्र कारोबार भयो । साउन २६ गते सोमबारदेखि २९ गते बिहीबारसम्मको चार कारोबार दिनमा नेप्से ६२ अङ्कले घट्यो ।

अघिल्लो साताको बिहीबार २८५०.३७ बिन्दुमा रहेको नेप्से परिसूचक यो साताको बिहीबारसम्म आइपुग्दा २७८८.३६ बिन्दुमा झर्‍यो ।

चार दिनमा सोमबार २७.९०, मङ्गलबार २६.२२ र बुधबार १०.५० अङ्कले नेप्से घट्यो । साताको अन्तिम दिन बिहीबारमात्र नेप्से २.६२ अङ्कले बढ्यो ।

पूरै सातामा ३० अर्ब ७५ करोड ५१ लाख ९८ हजार रुपैयाँको कारोबार हुँदा सोमबार १० अर्ब २१ करोड, मङ्गलबार ६ अर्ब ९१ करोड, बुधबार ६ अर्ब १६ करोड र बिहीबार सात अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भयो ।

सातामा सात करोड ७८ लाख ७० हजार ४८३ कित्ता शेयर कारोबार हुँदा सोमबार दुई करोड ५० लाख ९२ हजार ४९० कित्ता, मङ्गलबार एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता, बुधबार एक करोड ५८ लाख ४७ हजार ८७३ कित्ता र बिहीबार एक करोड ९२ लाख ५८ हजार ४४५ कित्ता शेयर कारोबार भयो ।

सातामा नेप्से २.१७ प्रतिशतले घट्दा नेपाल रिपब्लिक मिडियाको शेयर मूल्यमा भने उछाल आयो ।

अघिल्लो साताको बिहीबार प्रतिकित्ता ४५८.८६ रुपैयाँ रहेको रिपब्लिकको शेयर यो साताको बिहीबारसम्म आइपुग्दा १४.५७ प्रतिशतले बढेर ५४१.३० रुपैयाँ प्रतिकित्तामा आइपुग्यो ।

पूरै सातामा रिपब्लिकको ३२ करोड ६३ लाख रुपैयाँ बराबरको ६ लाख ३७ हजार ८९४ कित्ता शेयर कारोबार भयो ।

रिपब्लिकको ९६ लाख ७५ हजार कित्ता शेयर रहेको छ । जसमा ५५.०१ प्रतिशत अर्थात् ५३ लाख २२ हजार कित्ता प्रवद्र्धकको र ४४.९९ प्रतिशत अर्थात ४३ लाख ५३ हजार कित्ता शेयर सर्वसाधारणको रहेको छ ।

यो साताको वृद्धिसहित रिपब्लिकको मार्केट क्यापिटल पाँच अर्ब २३ करोड ७० लाख ७७ हजार ५०० रुपैयाँ पुगेको छ । यसको प्रतिशेयर मूल्य ५२ हप्ताको अवधिमा उच्चतम ६४५ रुपैयाँ र न्यूनतम ४०२ रुपैयाँसम्म पुगेको छ ।

रिपब्लिकले गत आर्थिक वर्ष २०८१÷८२ को वित्तीय विवरण भने सार्वजनिक गरेको छैन । तर, यसको गत वर्षको वित्तीय विवरण राम्रो आउने अनुमान गरिएको छ । जसको असर शेयर बजारमा परेको देखिन्छ ।

यद्यपि रिपब्लिकले यो समाचार तयार पार्दसम्ममा वित्तीय विवरण सार्वजनिक नगरेकाले गर्दा यसमा जोखिम पनि त्यत्तिकै देखिएको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण हेर्दा यो कम्पनीले ४६ लाख २८ हजार रुपैयाँ नाफा गरेको देखिएको छ । तेस्रो त्रैमासमा यसको प्रतिकित्ता नेटवर्थ ८९.०७ रुपैयाँ र प्रतिशेयर आम्दानी ०.६४ रुपैयाँ छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : २७ बजे

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेरखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको