वराहक्षेत्र दर्शन गर्न आएका भक्तजनको भीरबाट झरेको ढुङ्गाले लागेर मृत्यु « Khabarhub

वराहक्षेत्र दर्शन गर्न आएका भक्तजनको भीरबाट झरेको ढुङ्गाले लागेर मृत्यु


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित वराहक्षेत्र दर्शन गर्न आएका भक्तजनको भीरबाट झरेको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

चतरा- वराहक्षेत्र सडक खण्डअन्तर्गत बाहुनी खोला भीरमा माथिबाट झरेको ढुङ्गाले लागेर सप्तरीबाट आएका भक्तजनको मृत्यु भएको वराहक्षेत्र-१ का वडासदस्य कुमार भट्टराईले जानकारी दिए ।

प्रहरीलाई उद्धृत गर्दै वडासदस्य भट्टराईले दिएको जानकारी अनुसार बाहुनी खोलामा पहिरो झरिरहेको थियो ।

पहिरो पार गर्न पर्खिरहेका बेला माथिबाट झरेको ढुङ्गाले लागेर सप्तरीको खड्ग नगरपालिकाका जीवन साहको मृत्यु भएको हो ।

साहको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ३८ बजे

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण