वराहक्षेत्र दर्शन गर्न आएका भक्तजनको भीरबाट झरेको ढुङ्गाले लागेर मृत्यु « Khabarhub

वराहक्षेत्र दर्शन गर्न आएका भक्तजनको भीरबाट झरेको ढुङ्गाले लागेर मृत्यु


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित वराहक्षेत्र दर्शन गर्न आएका भक्तजनको भीरबाट झरेको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

चतरा- वराहक्षेत्र सडक खण्डअन्तर्गत बाहुनी खोला भीरमा माथिबाट झरेको ढुङ्गाले लागेर सप्तरीबाट आएका भक्तजनको मृत्यु भएको वराहक्षेत्र-१ का वडासदस्य कुमार भट्टराईले जानकारी दिए ।

प्रहरीलाई उद्धृत गर्दै वडासदस्य भट्टराईले दिएको जानकारी अनुसार बाहुनी खोलामा पहिरो झरिरहेको थियो ।

पहिरो पार गर्न पर्खिरहेका बेला माथिबाट झरेको ढुङ्गाले लागेर सप्तरीको खड्ग नगरपालिकाका जीवन साहको मृत्यु भएको हो ।

साहको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ३८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले