चीनमा पहिलो अन्तर्राष्ट्रिय ‘ह्युमनोइड रोबोट’ खेलको प्रतिस्पर्धा सुरु « Khabarhub

चीनमा पहिलो अन्तर्राष्ट्रिय ‘ह्युमनोइड रोबोट’ खेलको प्रतिस्पर्धा सुरु


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- विश्वकै पहिलो ‘ह्युमनोइड रोबोट’ खेलको प्रतिस्पर्धा शुक्रबारदेखि बेइजिङमा सुरु भएको छ । मानिसको स्वरूपमा प्रस्तुत हुने यस खेलमा ५०० भन्दा बढी गैर–मानव (एन्ड्रोइड) खेलहरू समावेश गरिएका छन् । प्रतिस्पर्धामा १०० मिटर लामो दौडदेखि कुङ फूसम्मका स्पर्धालाई समेटिएको आयोजकले जनाएको छ ।

सन् २०२२ को शीतकालीन ओलम्पिकका लागि निर्माण गरिएको चीनको राजधानीको ‘नेसनल स्पिड स्केटिङ ओभल’मा १६ देशका सयौं रोबोटिक्स टोलीले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्दैछन् ।

खेलहरूमा एथलेटिक्स र बास्केटबलजस्ता परम्परागत खेलका साथै औषधि वर्गीकरण र सफाइजस्ता व्यावहारिक कार्यहरू पनि समावेश छन् ।

“मलाई विश्वास छ, आगामी १० वर्षमा रोबोट पनि मानिसकै स्तरमा हुनेछन्,” उत्साही १८ वर्षीय दर्शक चेन रुइयुआनले एएफपीसँग भने ।

आधुनिक मानव खेलाडीहरू यस्ता गैर–मानव खेलका कारण अझै पनि आफ्नो भविष्यप्रति चिन्तित भइनसकेको अवस्थामा भएको यो स्पर्धालाई निकै चासोका साथ हेरिएको छ ।

शुक्रबार बिहान पहिलो स्पर्धामध्ये एकमा पाँच–अलग फुटबलसहित सात–वर्षीय बच्चाहरूको आकारको १० रोबोटहरू ग्राउन्डको वरिपरि घुमिरहेका थिए । उनीहरूले प्रायः परम्परागत फुटबलमा खेलाडीहरूले गर्ने शारीरिक हाउभाउसमेत देखाएको भान हुन्थ्यो ।

खेलअन्तर्गत पन्ध्र सय मिटर दौडमा घरेलु च्याम्पियन युनिट्रीको ह्युमोनोइड्सले सजिलैसँग आफ्ना प्रतिद्वन्द्वीहरूलाई पराजित गरेको छ ।

स्पर्धामा तीव्र गतिको रोबोटले छ घण्टा २९ मिनेट ३७ सेकेन्डमा एक हजार ५०० मिटरको दूरी पार गर्न सफल भयो ।

यो मानवस्पर्धाको पुरुषतर्फको तीन घण्टा २६ मिनेट ०० सेकेन्डको विश्व रेकर्डभन्दा निकै ढिलो हो तर रोबोटको विकासको लागी उल्लेख्य उदाहरण हो ।

दौडका क्रममा एक जना ‘मेकानिकल रेसर’ ले खेल सञ्चालनमा सघाइरहेका एक जना मानव अपरेटरलाई सीधै ठक्कर दिएपनि कुनै चोट भने लागेन ।

चीनमा दशकौँदेखि रोबोट प्रतियोगिता हुँदै आएको छ, तर सन् २०२५ को अन्तर्राष्ट्रिय ह्युमनोइड रोबोट प्रतिस्पर्धा मानव शरीरसँग मिल्दोजुल्दो रोबोटमा विशेष ध्यान केन्द्रित गर्ने पहिलो खेल हो ।

चीन सरकारले रोबोटिक्स उद्योगको नेतृत्व गर्ने आशामा रोबोटको विकासमा ठूलो सहयोग र समर्थन गरेको छ ।

इन्टरनेसनल फेडेरेसन अफ रोबोटिक्सले बिहीबार एक विज्ञप्ति जारी गरी भनेको छ, “बेइजिङले ह्युमनोइड्सलाई आफ्नो राष्ट्रिय रणनीतिको केन्द्रमा राखेको छ ।

“सरकार प्रविधिको यस क्षेत्रमा आफ्नो क्षमता र विश्वव्यापी प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गर्न चाहन्छ,” विज्ञप्तिमा भनिएको छ ।

अधिकारीहरूले समाजभरि यस क्षेत्रको बारेमा जागरूकता बढाउन काम गरिरहेका छन् ।

आफ्नो १० वर्षीया छोरीसँग रहेकी कुइ हानले एएफपीसँग कुरा गर्दै आफ्नो छोराको विद्यालयले खेलको सहयोगका लागि पैसा तिरेको बताइन् ।

“मलाई आशा छ, यसले मेरो छोरालाई यी नयाँ प्रविधिहरूको बारेमा थप सिक्न प्रोत्साहित गर्नेछ,” उनले भनिन्।

मार्चमा चीनले रोबोटिक्स र एआईलगायत प्रविधिको उत्पादन र विकासका लागि सहयोग गर्न १० खर्ब युआनको कोषको योजना घोषणा गरेको थियो ।

यो देश पहिले नै औद्योगिक रोबोटको लागि विश्वको सबैभन्दा ठूलो बजार भएको तथ्याङ्कले देखाउँछ । अप्रिलमा बेइजिङले विश्वको पहिलो ‘ह्युमोनोइड रोबोट हाफ म्याराथन’ आयोजना गरेको थियो।

प्रत्यक्षदर्शी चेनले एएफपीसँग कुरा गर्दै आफू विश्वविद्यालयमा ‘अटोमेसन’को अध्ययन सुरु गर्न लागेको बताए ।

उनले भने, “यहाँ आएर यो क्षेत्रप्रतिको लगाव जगाउन सकिन्छ । मेरो मनपर्ने खेल बक्सिङ हो र म वास्तवमा रोबोटहरू पहिलेभन्दा कसरी सुधार भएका छन् अध्ययन गर्न चाहन्छु।”

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ५ : ५० बजे

गम्भीर विवादमा प्रधानमन्त्री, आलोचना र विरोध चर्किँदा रास्वपा नेताहरू ‘तैँ चुप मै चुप’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको सिमाना पनि मिचेको भनेर

संयोजक दाहालको स्वास्थ्य अवस्था स्थिर : अस्पताल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’

इटहरीमा १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

धरान– कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको १६औँ संस्करण

संसद्‍मा पहिलो सम्बोधनबाटै गम्भीर विवादमा बालेन, विपक्षी र विज्ञले भने : कि क्षमा माग कि राजीनामा देऊ

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा

वालेन्द्रको भनाइबारे नारायणकाजीको टिप्पणी : संसद्‍मै उभिएर माफी मागून्

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको