टप एन्ड टी–२० सिरिज: नेपाल ४२ रनले पराजित « Khabarhub

टप एन्ड टी–२० सिरिज: नेपाल ४२ रनले पराजित


३० श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल घरेलु टोली नर्दर्न टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको छ। १७८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको नेपाल २० ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा रोकियो।

नेपालका ओपनर फेरि निराशाजनक रहे। कुसल भुर्तेल ८, आसिफ शेख ११ र लोकेश बम शून्य रनमा आउट भए। कप्तान रोहित पौडेलले २३, कुशल मल्लले ३४, दीपेन्द्र सिंह ऐरीले १९ र गुल्शन झाले २६ रनको योगदान दिए। सोमपाल कामी १ रनमै आउट हुँदा रुपेश सिंह ८ तथा सन्दीप लामिछाने २ रनमा नटआउट रहे। बलिङतर्फ म्याट ह्यामन्डले ३ विकेट लिँदा थोमस एन्ड्रयूज र केन रिचडेसनले २–२ विकेट हात पारे।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले नर्दर्न टेरिटोरीलाई २० ओभरमा ८ विकेटमा १७७ रनमै सीमित पारेको थियो। डिआर्सी सर्टले ३४ बलमा ७ चौका र १ छक्कासहित ५१ रन बनाए।

थोमस एन्ड्रयूजले ३२, जोर्डन सिल्कले १९, कोनर क्यारोलले १८ र क्याडेल म्याकमोहनले १२ रन जोडे। नेपालका लागि सन्दीप लामिछानेले ३, साहब आलमले २ तथा रुपेश सिंह, दीपेन्द्र सिंह ऐरी र रोहित पौडेलले समान एक–एक विकेट लिए।

प्रकाशित मिति : ३० श्रावण २०८२, शुक्रबार  ८ : ३८ बजे

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी