क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध « Khabarhub

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा भएको तोडफोड र क्षतिको पारदर्शी ढङ्गले मुचुल्का तयार पार्न निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आइतबार आयोजित कार्यालय प्रमुखसँगको छलफलमा आन्दोलनको क्रममा भएको क्षतिको श्रव्यदृश्यसहितको मुचुल्का र कागजात तयार पार्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।

‘जेनजी आन्दोलनको क्रममा यहाँका विभिन्न सरकारी कार्यालयका भवन तथा सवारीसाधनमा अपुरणीय क्षति भएका छन्’, उनले भने, ‘कार्यालयमा भएका क्षतिको मुचुल्का वा विवरण तयार पर्दा पारदर्शिता र यथार्थपरक बनाउन निर्देश गर्दछु ।’

उनले सरकारी कार्यालयले आफ्नो कार्यालय र सवारीसाधनको सुरक्षामा विशेष सतर्कता अपनाउन अनुरोध समेत गरे ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ७ : ३७ बजे

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु

गाजल, मञ्जन र सिन्दूरमा भेटियो घातक सिसा, जनस्वास्थ्यमा गम्भीर असर

काठमाडौं– नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन (गाजल), व्यक्तिगत सरसफाइका

राष्ट्रिय युवा सङ्घको अध्यक्षमा महाराज गुरुङ चयन

काठमाडौं– राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन