दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी « Khabarhub

दोहोरो मापदण्ड नअपनाउन इजरायललाई कतारको चेतावनी


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले आइतबार अन्तर्राष्ट्रिय समुदायलाई ‘दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्न’ र इजरायललाई उसको ‘अपराध’ का लागि सजाय दिन आग्रह गरेका छन्।

दोहामा इजरायलले हमासका नेताहरूमाथि अभूतपूर्व हवाई आक्रमण गरेपछि कतारले आयोजना गरेको अरब र इस्लामिक नेताहरूको आपतकालीन शिखर सम्मेलनको पूर्वसन्ध्यामा आयोजित तयारी बैठकमा उनले यस्तो बताएका हुन्।

“अन्तर्राष्ट्रिय समुदायले दोहोरो मापदण्ड प्रयोग गर्न बन्द गर्ने र इजरायलले गरेका सबै अपराधहरूको लागि सजाय दिने समय आएको छ,” उनले भनेका छन्।

प्रधानमन्त्री थानीले भने, “इजरायलले विनाशको भुमरीमा परेका कतारको छिमेकी प्यालेस्टिनी जनतालाई उनीहरूको भूमिबाट निष्कासन गर्ने चाहना पूरा गर्न सक्ने छैन।”

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले अरब र इस्लामिक नेताहरुको सोमबारको बैठकमा ‘कतारमाथि इजरायली आक्रमणको मस्यौदा प्रस्ताव’ तयार गर्ने विषयमा छलफल हुने बताए।

सम्मेलनमा इरानका राष्ट्रपति मसुद पेजेस्कियन र इराकी प्रधानमन्त्री मोहम्मद सिया अल-सुडानी पनि सहभागी हुनेछन्। प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बास शिखर सम्मेलनको पूर्वसन्ध्यामा आइतबार दोहा पुगेका छन्।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको टर्कीका सञ्चारमाध्यमले जनाएका छन्।

साउदी अरबका वास्तविक शासक क्राउन प्रिन्स मोहम्मद बिन सलमानले हप्ताको सुरुमा छिमेकीको ऐक्यबद्धताको प्रदर्शनका लागि कतारको भ्रमण गरे पनि उपस्थित हुने बताइएको छ।

यस क्षेत्रमा सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा रहेको कतारले संयुक्त राज्य अमेरिका र इजिप्टसँगै इजरायल–हमास युद्धमा मध्यस्थताको महत्त्वपूर्ण भूमिका खेलेको छ।

शिखर सम्मेलनले इजरायल र हमासबीचको युद्धमा ‘निर्णायक र एकीकृत अरब–इस्लामिक धारण’ र ‘स्पष्ट र विशिष्ट उपायहरू’ अगाडि ल्याउने आशा गरेको सन् २०२३ अक्टोबरमा इजरायलमा आक्रमण गरेको प्यालेष्टिनी लडाकू समूह हमासका पोलिटब्युरो सदस्य बासेम नईमले बताएका छन्। रासस/एएफपी

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ७ : १० बजे

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत