भीमदत्त नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन « Khabarhub

भीमदत्त नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला सेवा सञ्चालनमा आएपछि स्थानीयलाई सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

गाउँकै स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणसहितको सेवा पाएपछि यहाँका स्थानीयले सामान्य स्वास्थ्य परीक्षणका लागि महेन्द्रनगर सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएको हो ।

‘गाउँमै प्रयोगशालासेवा सञ्चालन भएपछि हामीले सामान्य स्वास्थ्य परीक्षणका लागि महेन्द्रनगर बजार जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ भीमदत्त नगरपालिका– १६ का स्थानीय जयन्ती सामन्तले भने, ‘बिरामी हुँदा धेरै स्वास्थ्य परीक्षण त यही हुन्छ यसले यहाँका स्थानीयलाई धेरै राहत भएको छ ।’

सहरी स्वास्थ्य केन्द्रले मधुमेह, टाइफाइड, मलेरिया, खकार र पिसाबलगायत २९ प्रकारका रोगको परीक्षण गाउँमै उपलब्ध गराउँदै आएको छ । केन्द्रबाट ज्येष्ठ नागरिक र असहायलाई निःशुल्क सेवा समेत दिने गरिएको छ ।

गाउँ स्वास्थ्य केन्द्रमा प्रयोगशालासहितको स्वास्थ्यसेवा पाएपछि दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई ठूलो राहत पुगेको यहाँका स्थानीय बताउँछन् । ‘वडामै स्वास्थ्य परीक्षण हुन थालेपछि यहाँका बिरामीले आठ किलोमिटर टाढा रहेको महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता हटेको छ ।’ यहाँका स्थानीय मैनाबति चौधरीले भनिन्– ‘बुढापाका र बालबालिकाका लागि एकदमै सहज भएको छ ।’ २०६८ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रले स्थापनाको समय परिवार नियोजन र गर्भवती जाँच लगायतका आधारभूत सेवा प्रदान गर्दै आएको भए तापनि २०७२ सालमा बर्थिङ सेवा विस्तार गरेको थियो ।

२०७९ मा प्रयोगशाला सेवा सञ्चालन गरेर विभिन्न रोगको परीक्षण तथा बिरामीलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराउन थालेको सहरी स्वास्थ्य केन्द्रका प्रमुख तोयराज भट्टले जानकारी दिए । ‘केन्द्रमा मधुमेह, टाइफाइड, मलेरिया, खकार र पिसाबलगायत २९ प्रकारका रोगको परीक्षण हुँदै आएको छ ।’ उनले भने, ‘हामीले २४ घण्टा सेवा दिइरहेका छौँ, यहाँका स्थानीयले सहज रुपमा स्वास्थ्य सेवा लिन सक्छन् ।’ उनका अनुसार गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्न असहायहरूलाई केन्द्रबाट निःशुल्क सेवा प्रदान हुँदै आएको छ ।

स्वास्थ्य केन्द्रमा दैनिक ४० देखि ५० जनासम्म यहाँ उपचारका लागि आउने गरेको उनले बताए । केन्द्रलाई भीमदत्त नगरपालिकाले आवश्यक औषधि नियमित रूपमा उपलब्ध गराउँदै आएको छ । (रासस)

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ११ : ५१ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित