भीमदत्त नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन « Khabarhub

भीमदत्त नगरपालिकास्थित स्वास्थ्य केन्द्रमा प्रयोगशाला सञ्चालन


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ स्थित सहरी स्वास्थ्य केन्द्रका प्रयोगशाला सेवा सञ्चालनमा आएपछि स्थानीयलाई सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।

गाउँकै स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षणसहितको सेवा पाएपछि यहाँका स्थानीयले सामान्य स्वास्थ्य परीक्षणका लागि महेन्द्रनगर सदरमुकाम जानुपर्ने बाध्यता अन्त्य भएको हो ।

‘गाउँमै प्रयोगशालासेवा सञ्चालन भएपछि हामीले सामान्य स्वास्थ्य परीक्षणका लागि महेन्द्रनगर बजार जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।’ भीमदत्त नगरपालिका– १६ का स्थानीय जयन्ती सामन्तले भने, ‘बिरामी हुँदा धेरै स्वास्थ्य परीक्षण त यही हुन्छ यसले यहाँका स्थानीयलाई धेरै राहत भएको छ ।’

सहरी स्वास्थ्य केन्द्रले मधुमेह, टाइफाइड, मलेरिया, खकार र पिसाबलगायत २९ प्रकारका रोगको परीक्षण गाउँमै उपलब्ध गराउँदै आएको छ । केन्द्रबाट ज्येष्ठ नागरिक र असहायलाई निःशुल्क सेवा समेत दिने गरिएको छ ।

गाउँ स्वास्थ्य केन्द्रमा प्रयोगशालासहितको स्वास्थ्यसेवा पाएपछि दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई ठूलो राहत पुगेको यहाँका स्थानीय बताउँछन् । ‘वडामै स्वास्थ्य परीक्षण हुन थालेपछि यहाँका बिरामीले आठ किलोमिटर टाढा रहेको महाकाली प्रादेशिक अस्पताल जानुपर्ने बाध्यता हटेको छ ।’ यहाँका स्थानीय मैनाबति चौधरीले भनिन्– ‘बुढापाका र बालबालिकाका लागि एकदमै सहज भएको छ ।’ २०६८ सालमा स्थापना भएको स्वास्थ्य केन्द्रले स्थापनाको समय परिवार नियोजन र गर्भवती जाँच लगायतका आधारभूत सेवा प्रदान गर्दै आएको भए तापनि २०७२ सालमा बर्थिङ सेवा विस्तार गरेको थियो ।

२०७९ मा प्रयोगशाला सेवा सञ्चालन गरेर विभिन्न रोगको परीक्षण तथा बिरामीलाई आवश्यक औषधि निःशुल्क उपलब्ध गराउन थालेको सहरी स्वास्थ्य केन्द्रका प्रमुख तोयराज भट्टले जानकारी दिए । ‘केन्द्रमा मधुमेह, टाइफाइड, मलेरिया, खकार र पिसाबलगायत २९ प्रकारका रोगको परीक्षण हुँदै आएको छ ।’ उनले भने, ‘हामीले २४ घण्टा सेवा दिइरहेका छौँ, यहाँका स्थानीयले सहज रुपमा स्वास्थ्य सेवा लिन सक्छन् ।’ उनका अनुसार गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र विपन्न असहायहरूलाई केन्द्रबाट निःशुल्क सेवा प्रदान हुँदै आएको छ ।

स्वास्थ्य केन्द्रमा दैनिक ४० देखि ५० जनासम्म यहाँ उपचारका लागि आउने गरेको उनले बताए । केन्द्रलाई भीमदत्त नगरपालिकाले आवश्यक औषधि नियमित रूपमा उपलब्ध गराउँदै आएको छ । (रासस)

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  ११ : ५१ बजे

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल

राँझा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा

चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का

कीर्तिपुर– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका