पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल « Khabarhub

पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको छ । नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि कात्तिक १० गतेसम्मका सहुलियत पसल सञ्चालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख कौशल घिमिरेले जानकारी दिए ।

उनका अनुसार पोखराको विरौटास्थित प्रादेशिक कार्यालयमा बिहान १०ः०० देखि दिउँसो ५ः०० बजेसम्म सहुलियत पसल सञ्चालन हुनेछ । कार्यालयले सहुलियतस्वरूप प्रतिकिलो रु पाँच छुटसहित स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८३, अरुवा सोना मनसुली चामल प्रतिकिलो रु ५९, स्टिम जिरा मसिनो चामल (एफआर) प्रतिकिलो रु ८५, अरुवा सोना मनसुली चामल (एफआर) प्रतिकिलो रु ५९, चिनी प्रतिकिलो रु ९५ र जेठो बूढो चामल प्रतिकिलो रु २४५ मा उपलब्ध गराउने जनाइएको छ । 

त्यस्तै प्रतिकिलो रु १० छुटसहित अरुवा बासमती चामल प्रतिकिलो रु १२०, चिनो प्रतिकिलो रु २५५, कागुनो प्रतिकिलो रु २५५ र जुम्ली मार्सी प्रतिकिलो रु २२५ मा उपलब्ध गराइने उनले जानकारी दिए । 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १२ : १६ बजे

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन