पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल « Khabarhub

पोखरामा आजदेखि सहुलियत छुट मूल्य पसल


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन हुने भएको छ । नजिकिँदै गरेका दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी आजदेखि कात्तिक १० गतेसम्मका सहुलियत पसल सञ्चालन गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख कौशल घिमिरेले जानकारी दिए ।

उनका अनुसार पोखराको विरौटास्थित प्रादेशिक कार्यालयमा बिहान १०ः०० देखि दिउँसो ५ः०० बजेसम्म सहुलियत पसल सञ्चालन हुनेछ । कार्यालयले सहुलियतस्वरूप प्रतिकिलो रु पाँच छुटसहित स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८३, अरुवा सोना मनसुली चामल प्रतिकिलो रु ५९, स्टिम जिरा मसिनो चामल (एफआर) प्रतिकिलो रु ८५, अरुवा सोना मनसुली चामल (एफआर) प्रतिकिलो रु ५९, चिनी प्रतिकिलो रु ९५ र जेठो बूढो चामल प्रतिकिलो रु २४५ मा उपलब्ध गराउने जनाइएको छ । 

त्यस्तै प्रतिकिलो रु १० छुटसहित अरुवा बासमती चामल प्रतिकिलो रु १२०, चिनो प्रतिकिलो रु २५५, कागुनो प्रतिकिलो रु २५५ र जुम्ली मार्सी प्रतिकिलो रु २२५ मा उपलब्ध गराइने उनले जानकारी दिए । 

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १२ : १६ बजे

अपदस्थ राष्ट्रपति युनविरुद्ध १० वर्ष कैदको माग

सियोल- दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध सन् २०२४

राजनीतिमा धैर्य र समर्पण आवश्यक छ : महासचिव पोखरेल

राँझा– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य

खाँदबारीमा सेकाहा महोत्सव सुरु

खाँदबारी– यहाँको खाँदबारी नगरपालिका–४ स्थित सेकाहामा आजदेखि ‘ऐतिहासिक सेकाहा महोत्सव’ सुरु

बालेनले केपीसँग भिड्न खोजेको झापा ५ : अहिले पनि सजिलो छैन एमालेलाई हराउन

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह राजनीतिमा उत्रिँदै गर्दा झापा

ढुङ्गाले लागेर एकजना मजदुरको मृत्यु

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ स्थित तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा