बलात्कार मुद्दा परेपछि जनमतबाट सचिव बीपी साह निलम्बित « Khabarhub

बलात्कार मुद्दा परेपछि जनमतबाट सचिव बीपी साह निलम्बित


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव बिशेश्वर प्रसाद (बीपी) साहलाई निलम्बन गरेको छ।

उनीविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान पूरा नभएसम्म पार्टीको सचिव पद तथा साधारण सदस्यबाट पनि निलम्बन गरिएको केन्द्रीय अनुशासन समितिका संयोजक ईन्जिनियर नरेन्द्र प्रसाद चौधरीले सोमबार जानकारी दिएका छन् ।

केन्द्रीय अनुशासन समितिले सोमबार जारी गरेको पत्रमा २०८१ चैत्र ३१ गते साहविरुद्ध जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता भए गत भदौ ५ गते जिल्ला प्रहरी कार्यालय धनुषाले त्यस सम्बन्धमा सूचना जारी गरेको उल्लेख गरिएको छ ।

उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले साहलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ।

समितिका संयोजक तथा पार्टी केन्द्रीय उपाध्यक्ष चौधरीले हस्ताक्षर गरेको पत्रमा छानबिन प्रक्रियाभर साहलाई पार्टी सचिवालय सदस्य र साधारण सदस्यको जिम्मेवारीबाट निलम्बन गरिएको उल्लेख गरिएको छ ।

पार्टीले उक्त निर्णयबारे केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समन्वय समितिलाई समेत जानकारी गराएको छ।

मुद्दा दर्ता भएपछि साह हाल फरार सूचीमा परेका छन्। तर उनी निरन्तर सामाजिक सञ्जालमा सक्रिय देखिएका छन्।

विगत एक सातादेखि जारी जेन–जेड आन्दोलनमा सहभागी हुँदै उनले आफ्ना तस्वीरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका छन्।

साविक रघुनाथपुर गाविस हाल सबैला नगरपालिका–१२ घर भएका साह फरार रहेको कारण जिल्ला प्रहरी कार्यालय धनुषाले सबैला नगरपालिका वडा नम्बर–१२ कार्यालयलाई उनको तीन पुस्ते विवरण उपलब्ध गराउन पत्राचार गरिसकेको छ।

उक्त पत्र २०८२ साल भदौ ५ गते पठाइएको हो। दुई दिनभित्र विवरण उपलब्ध गराउन पत्रमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १ : ०१ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा