खाँदबारीमा खानेपानी आपूर्ति ठप्प « Khabarhub

खाँदबारीमा खानेपानी आपूर्ति ठप्प


३० भाद्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– सदरमुकाम खाँदबारीमा खानेपानी आपूर्ति बन्द भएको छ । आइतबार राति वर्षासँगै आएको पहिरोले खानेपानीको मुहान पहिरोले पुरिएपछि आपूर्ति बन्द भएको हो ।

उक्त आयोजनाबाट खाँदबारी बजारका करिब एक हजार परिवार लाभान्वित हुँदै आएका थिए । खाँदबारी नगरपालिका–४ महभिरमा पहिरोले पाइप बगाएपछि खाँदबारीमा पानी आपूर्ति अवरुद्ध भएको खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्यराज बरालले जानकारी दिए । 

पहिरोले यसअघि यही भदौ ५ गते पहिरोले मुहानको इन्टेक पुरेको थियो । करिब एक साता खानेपानी वितरण ठप्प भएको थियो ।

खानेपानी अवरुद्ध भएपछि तत्कालका लागि खाँदबारी–७  सेनाको क्याम्पमा रिजर्भमा रहेको ट्यांकीबाट वितरण गरिने अध्यक्ष बरालले बताए। 

मर्मतका लागि आजैदेखि टोली परिचालन गरिएको र चाँडै खानेपानी आपूर्ति सञ्चालन गरिने उनको भनाइ छ । खानेपानी आपूर्ति रोकिएपछि स्थानीयवासी पुराना कुवामा निर्भर भएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार  १ : २९ बजे

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै 

काठमाडौं– नेपाल सरकारको स्वामित्व रहेको दुग्ध विकास संस्थान (डीडीसी)बाट उत्पादित घ्यू

स्वास्थ्य परीक्षणपछि इमरान फेरि जेल फिर्ता

एजेन्सी– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य परीक्षणका

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन